नेपालमा संगठित रुपमा भइरहेको सुन तस्करीको र्‍याकेटबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारलार्इ नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार पोद्दारलाई मंगलबार राति डिल्ली बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । समितिले हाल उनको बयान लिइरहेको छ । पोदारको सुन तस्करीमा संलग्नताबारे खुलेकाे छैन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

हाल नेपाल प्रहरीका पूर्व डिआईजी मोहन निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीमा अझै ठुला माछा पक्राउ पर्ने संकेत गरेका छन् । काठमान्डू टुडे बाट साभार