प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विभिन्न ९ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।
जसमा करीब ९ सय मेघावाट विद्युत उत्पादनमा चिनियाँ लगानी भित्रिने सम्झौता मुख्य छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार चिनियाँ कम्पनी र नेपाली निजी क्षेत्रबीच करीब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका चार आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ ।
यी हुन् ९ सम्झौता :
१ माथिल्लो मर्स्याङ्दी- २ आयोजना (६०० मेगावाट) निर्माण
२ कालीगण्डकी गर्ज आयोजना (१६४ मेगावाट) निर्माण
३ त्रिशुली-गल्छी आयोजना (७५ मेगावाट) निर्माण
४ सिउरी न्यादी जलविद्युत आयोजना (४०.२७ मेगावाट)
५ दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना
६ फलफूल प्रशोधन उद्योग स्थापना
७ नेपाली पस्मिना खरिद
८ पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग
९ रसुवागढी-केरुङ प्रसारण लाइन निर्माण
कान्तिपुर दैनिकमा समाचार छ ।



![प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनसँग भयो विभिन्न ९ सम्झौता [सूचीसहित]](/wp-content/uploads/2018/06/China_Nepal.jpg)






