केही दिन यता रबि लामिछाने ,जो एक होनहार,प्रतिभाशाली तथा कर्मठ ईमान्दार पत्रकार हुन् उनैको बारेमा अनेकन भ्रम,बिरोध तथा अबवाफ फैलाउने कोसिस भैरहेको छ।
भन्नेले तेसै भनेका होईनन् रहेछ,” यो देश शतिले सरापेको देश हो ।” यहाँ राम्रो गर्ने,अरुको भलो चिताउने हर कसैको खुट्टा तानिन्छ,नांङ्गेझार पारी खुइल्याइन्छ र अन्त्यमा अस्तित्व बिहिन बनाएरै छोडिन्छ।
उसैपनी हामी गरिब मुलुकका मान्छे तर यहाँत बिचार समेत गरिबपो भएछ ।
जिबिकोपार्जन गर्नकै लागि भएपनी मुलुक छोड्नुपर्ने बाध्यता तपाईंहामी सबैको हो।परिवारको खुशी र केही व्यक्तिगत आवस्यकता पूरा गर्नकै लागि मुलुक छोड्ने बित्तिकै हामित बिदेसिपो भएछौँ है ? उसोत ६० % प्रतिशत तिनै बिदेशमा बसेका युवाहरुले पठाएको रेमिटेन्समा सिंङ्गो मुलुक चलेको छ।
अनि बिदेसको कुनकन्धरा बाट दु:खपिडा नभनी देशकै नाम पुकार्दै जीवन गुजारिरहेका हामिहरुत बिदेशी पो रहेछौँ?
जस्ले आफ्नो मुलुकको बारेमा कहिल्यै नराम्रो सुन्न सकेनौँ,देसको बारेमा कहिल्यै नराम्रो देख्न चाहेनौँ,देश र माटोकै निम्ति जीवन साँचेर दुश्मनका तिरहरुलाई प्रतिकार गर्न शाहष खर्चि रह्यौँ ,आज आएर थाहा भो हामिहरु त बिदेसिपो रहेछौँ ?
वा क्या गज्जबको राष्ट्रप्रेम र राष्ट्रीयता रहेछ ।
कामकै खोजिमा केही बर्ष अघि अमेरिका पुगेका रबि लामिछाने पुन: आफ्नो देश र माटो सम्झेर आफ्नै मुलुकमा फर्केर निश्वार्थ सेवा गर्न खोज्नु अपराध हो ?
जसले हजारौँ बेचिएकी चेलिहरुको आँसु पुछे,कैयौँ अलपत्र तथा ठगिएका हरुको उद्दार गरे,भ्रष्ट र कालो कर्तुत गर्नेहरुको पर्दाफास गरे, देशको एक ईन्च सिमाना मिचिँदा रातबिरात नभनी सिमानामै पुगेर खबरदारी गरे,जसले प्राकृतिक प्रकोपबाट पिडित जनताहरुको सुरक्षीत स्थानान्तरणका लागि हातेमालो गरे, उनैलाई उल्टै जेल र हर्जना ?
देशका लागि तिमिहरुलेपो के गर्यौ हँ ? ?
झोले नेता बनेर गाउँ चहार्यौ,जनतालाई झुटो आश्वासन बाँड्यौ,देसको झण्डा जलायौ,राष्ट्र बिखण्डनका नारा लगायौ,कमजोरलाई ठगेर ऐस आराम गर्यौ,चोरी-डकैती,कालोबजारी ,भ्रष्टाचारि के- के गर्यौ केके लिष्ट भनीसाध्य छैन ।र पनि अँझै भन्छौ रबि लामिछाने गलत ? खबरदार !!!
उनी एक्लै छैनन् ।
तीन करोड नेपाली जनताका ढुकढुकी बनिसकेका छन् रबि,तेति सजिलै पाखा लगाउने दुस्शाहष नगर्नुमै तिमिहरुको भलो हुनेछ । नत्र रबि लामिछानेलाई होइन अब एक- एक गरि तिमिहरुलाई जेलहाल्ने मात्रै होइन के- के कसरी गर्नुपर्छ त्यसको तयारिमा हामी जुटिसकेका छौँ । भलोत यसमै होलाकी,सकिन्छ बीउ जोगाउने उपाय सोच बगैचा मास्ने होईन ।
शुभचिन्तक/ लेखक
-केबि महरा ,कैलाली ।
( यो लेखकको व्याक्तिगत धारणा हो )



