शारीरिक रुपले अशक्त देखिने भेषराज न्यौपाने हाम्रो समाजको निम्ति एक उदाहरण बन्दै गैरहेका छ्न। उनकै सोचबाट सन्चालन मा आएको दमक पब्लिक लाइब्रेरीले समाजका विभिन्न मुद्दामा विविध कार्यक्रम हरु गर्दै आइरहेको छ। ती कार्यक्रम हरु मध्ये एक उत्कृष्ट कार्यक्रम हो उद्यमशील बहस। उनको यो सोचलाई मुर्तरुप दिन उक्त कार्यक्रम को संयोजन गरेका छन दमकका युवा उद्यमी , राजनितीज्ञ , एवं सामाजिक युवा सुवास सुवेदीले ।

सुवास सुवेदी

समाजलाई समृद्धि तर्फ लैजाने उदेश्य का साथ दमक पब्लिक लाइब्रेरीले शुरु गरेको उद्यमशील बहस तेस्रो चरणमा आइपुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो बहसले कर्ण शाक्य ज्युको सोच अभियान सग जोडिदै सोच्ने कलाको विकास गराउन महत्त्वपूर्ण भुमिका खेल्यो। उत्कृष्ट योजना भए लगानीको अभाव छैन भन्ने कुरा महसुस गरायो, बिश्वास झनै दृढ बन्दै गयो।

भेषराज न्यौपाने

दोस्रो चरणमा सफल युवा उद्यमी एवं सामाजिक ब्याक्तित्व भोलेस्वर दुलालको संघर्ष एवं सफलता को कथा सुन्ने अवसर प्राप्त भयो। उक्त बहसले सफलता हासिल गर्ने सोच , आनिबानी र व्यबहार का बारेमा रोचक रहस्य हरु थाहा पाउन हदैसम्म सहयोग गर्यो ।

तेस्रो चरणबाट योजनाको खोजी शुरु गर्ने जमर्को शुरु भएको छ। सबैको सल्लाह सुझाव र साथको उर्जाले यस अभियान मार्फत उत्कृष्ट योजना हरुमा जो कोहि नागरिक हरुले लगानी गर्न र लगानी प्राप्त समेत गर्न सक्नुहुनेछ ।

तेस्रो शृङ्खला मा हामिसग हुनुहुनेछ वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउस (VOITH )का अध्यक्ष , नेपाल उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष , गुराँसे चिया उद्योग का मालिक, प्रधानमन्त्री अर्थ समुहका सल्लाहकार, सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज का अध्यक्ष, सार्क चेम्बर टूरिजम काउन्सिल कमिटीका पुर्व सभापति सुरज वैद्य ।

उनको बारेमा यतिले कहाँ पुग्छ र!

वैद्य परिवारले नै ५५ बर्षअघि नेपालमा पहिलो पटक टोयोटा गाडी भित्र्याएको थियो, टोयटाको नेपालका लागि आधिकारीक विक्रेता पनि हुन सुरज वैद्य । उनी मार्फत अटोमोबाइलका अतिरिक्त चियाबगान, पर्यटन, निर्माण, शिक्षा लगायत बिभिन्न क्षेत्रमा लगानी भएका छन । उनी अन्तर्राष्ट्रिय सम्बन्ध राख्ने नेपाली व्यवसायीका रुपमा समेत परिचित छन।

उक्त कार्यक्रम यहि असार १६ गते मारवाडी सेवा समिति को भवनमा बिहान ठिक ११ बजे शुरु हुनेछ। जसको निम्ति टिकट दर रु १०० र ५०० राखिएको छ।

यदि यो अभियानले उपयुक्त साथ सहयोग पाएमा हाम्रो समाजमा उद्यमशीलता सृजना गर्न ठूलो टेवा पुर्याउन सक्छ। लगानी कै अभावमा उत्कृष्ट योजना बोकेका युवाहरु विदेशिनु पर्ने बाध्यता लाई चिर्नेछ। यो युगको क्रान्ति यानकी उद्यमशील क्रान्ति को सुरुवात दमक पब्लिक लाइब्रेरी मार्फत शुरु भैसकेको छ।