शा छ, विश्वकपमा रहेका आइसल्याण्डका विपक्षी टिमले यो कुरा नपढुन् । किनभने, आइसल्याण्ड कसरी फुटबलमा सफल भइरहेको छ भन्ने कुरा म यहाँ उल्लेख गर्दैछु ।

पहिले त आइसल्याण्डकै बारेमा थोरै केही भनौँ होला । आजभोलि भेटिने नयाँ मान्छेहरु पनि म आइसल्याण्डबाट आएको थाहा पाएपछि उत्साहित हुँदै ‘ओहो तिमी आइसल्याण्डबाट पो हौं । गजव देश छ’ भनिरहेका हुन्छन् ।

सन् २०१६ को युरोकप पछि आइसल्याण्ड अझै प्रकाशमा आयो । यस्तो लाग्छ छुट्टीको बेला सबै नै आइसल्याण्डको राजधानी रेकजाभिक आउन चाहन्छन् ।

तर म आइसल्याण्डमा छुट्टी मनाउन आउने ठाउँको मान्छे होइन । म उत्तरी आइसल्याण्डको हुँ ।

यदि तपाइँ विश्व मानचित्रमा मेरो ठाउँ खोज्न चाहनुहुन्छ भने यदि खोजे पुग्छ, ‘खतरनाक हिउँको ठाउँ ।’

मेरो घर भएको ठाउँलाई अकुरेरी भनेर चिनिन्छ । जहाँ १८ हजार मानिस बस्छन् । हाम्रो रमाइलो गर्ने माध्यम खेलकुदबाहेक अरु खासै केही हुँदैन । यसैले हो मैले पनि फुटबल खेल्न थालेको । वास्तवमै म व्यावसायिक रुपमा नै खेलाडी बन्ने सपना देख्थेँ । तर, सोचेजस्तो सजिलो थिएन । समस्या निकै थिए ।

पहिले त हामी गर्मीको बेलामा मात्रै फुटबल खेल्थ्यौँ । जाडोको बेलामा त मैदानभरी ….. ढाकिएको हुन्थ्यो । हाहा … मलाई थाहा छ तपाइँले हिउँ र बरफले डाकिएको भनेर सोचिसक्नु भयो ।

म तपाइँहरुकोतिर हुने जस्तो जाडो मौसमको कुरा गरीरहेको छैन । अनि यहाँ इंग्ल्याण्डमा हुने जस्तो केही सेन्टिमिटर हिउँ पर्ने खालको जाडो पनि होइन । म त दिनमा चार घण्टा घाम लाग्ने र माइनस १० डिगि्र सेन्टिग्रेट तापक्रम हुने जाडोको कुरा गरीरहेको छु ।

तपाइँले अंग्रेजी फिल्म सिरिज ‘गेम अफ थ्रोन्स’ हेर्नुभएको छ ? ल ठीक छ । त्यो हेर्नुभएको छ भने मैले के भनिरहेको हो तपाइँले बुझ्नुभयो होला ।

अँ अनि जाडोको बेला हामी हृयाण्डबल भने खेल्थ्यौँ । तर त्यसले मेरो फुटबल खेल्ने चाहना पूरा भने हुँदैन थियो ।

अनि नि जब हिउँ पग्लिएर अलि अलि गर्मी सुरु हुन्थ्यो । घाँसे मैदानमा हामीले फुटबल खेल्न पाउँदैन थियौँ । त्यहाँ खेल्ने सुविधा ठूला खेलाडीलाई मात्रै थियो । यसैले हामी ग्राभेल गरीएको ठाउँमा नै खेल्थ्यौँ ।

एक दिन फुटबल खेलेर म घर फर्किरहेको थिएँ, मेरो गोडा पूरै धसारिएको थियो । त्यो देखेर मेरो आमालाई असाध्यै दुःख भयो । खेलिरहेका बेला मैले बल बडाइरहेका एक साथीलाई ट्याकल गरेको थिएँ । त्यस्तो ग्राभेल भएको ठाउँमा ट्याकल गरेपछि केही नहोस त कसरी ।

मैले पहिलो पटक खेलेको क्लबको नाम थोर हो । मलाई फुटबलर बन्ने असाध्यै मन थियो । म हरेक दिन जिम पनि जान थालेको थिएँ । एउटा फुटबल पागलपनले ममा प्रवेश गरीसकेको थियो । मेरा अघि समस्याहरु धेरै थिए । त्यसको समाधानका लागि म आफैलाई प्रश्न गर्थें । तर जवाफ केही पनि पाउँदिन थिएँ ।

आरोन, अकुरेरीबाट कति जना व्यवसायिक फुटबल बनेका छन् ?

धेरै छैनन् ।

अनि गर्मीको बेला मात्रै ग्राभेल भएको ठाउँमा फुटबल खेलेर त्यो सम्भव छ ?

सायद छैन होला ।

यथार्थमा मैले तथ्य कुराहरुलाई पनि पन्छाएर फुटबलमा एकोहोरो भएको थिएँ । त्यसको केही वर्षमा आइसल्याण्ड फुटबल एशोसियसनले फुटबलका लागि इन्डोर हलहरु बनाएर अप्राकृतिक घाँसे मैदान नै बनायो । त्यसले धेरैको फुटबलर बन्ने सपनामा मलजल भयो । फुटबल खेल्न चाहने हरेकले वर्षभर नै खेलिरहन पाए ।

हाम्रो लागि त्यो निकै ठूलो कुरा थियो । वर्षभर फुटबल खेल्नेे मैदान भयो । आहा ।

म पनि आफ्नो नजिकैको इन्डोर मैदानमा नियमित नै जान्थे । एकअर्थमा त मैले त्यहीँ नै डेरा जमाएको थिएँ । कतिसम्म भने कहिलेकाहीँ त मलाई मैदानका मान्छेहरुले रात भयो घर जाउ नै भन्नु पथ्र्यो ।

यो सबै कुरा त भयो तर मानसिक बाधा भने अझै पनि थियो । कस्तो भने आइसल्याण्डमा फुटबल खेलेर कहिल्यै केही पाइन्छ, केही जितिन्छ भन्ने विश्वास कसैलाई थिएन । राष्ट्रिय टिममा खेलिरहेकाहरुलाई पनि त्यो विश्वास थिएन । युरोपमा गएर व्यवसायिक फुटबल खेल्ने कुरामा पनि धेरैले सक्दैन भन्ने नै थियो ।

मैले आफूलाई त्यस्ता कुराहरुले असर पार्न नै दिइनँ । के चाहीँ लागेको थियो भने मैले आफ्नो खेल सुधार्न आइसल्याण्डभन्दा बाहिर गएर फुटबल खेल्नै पर्छ । यसैले हल्याण्डको क्लब एजेड अल्कमारमा खेल्ने अवसर आएपछि म त्यतै गएँ । त्यो बेला म १७ वर्षको थिएँ । असाध्यै अप्ठ्यारो समय थियो । त्यहाँ फुटबलको स्तर नै छुट्टै थियो । त्यहाँ अभ्यासका बेला पनि मैले राम्रो गर्न सकिनँ ।

त्योभन्दा अप्ठ्यारो के थियो भने, म घरभन्दा टाढा थिएँ । पहिलो दुई महिना त होटलमा बसेर आमालाई फोन गर्दै रुन्थेँ म । आमा मलाई यो सबै गर्न मन छैन भन्दै रोइरहेको हुन्थेँ । म भाग्यमानी छु, त्यस्तो बेला मलाई परिवारले साथ दियो र अघि बढीरहने हौसला पनि दियो ।

त्यो बेलाको मेरो सबै मेहनत र आँसुले मूल्य पायो । किनभने त्यसको १८ महिना पछि आइसल्याण्डको राष्ट्रिय टिमका लागि मलाई बोलाइयो । त्यो बेला हामीले बेलारुससँग मैत्रीपूर्ण खेल खेल्दै थियौँ । म हतार हतार प्लेनमा जानुपर्ने भयो । समयमा नपुगे त्यो सबै खेर जान्थ्यो । त्योबेला मसँग कार थिएन । कतै जानुपर्दा साइकल चढेर जान्थेँ ।

मेरो त्यही समस्या बुझेर एकदिन मेरो आमाले मेरो लागि स्कुटर किनिदिनु भएको थियो । रातो रंगको स्कुटर थियो । त्यो लगभग मोटरसाइकल जस्तो नै देखिन्थ्यो । माल्टा जाने बेला हतार हतार एअरपोर्टसम्म पुग्न पनि त्यही स्कुटरले सघाएको हो, त्यसको लागि धन्यबाद आमा ।

त्यसपछि म उडेँ र आफ्नो सपना पूरा गरेँ । आइसल्याण्डको राष्ट्रिय टिमबाट खेल्ने सपना । असाध्यै खुसी लागेको थियो । म प्लेनमा हल्याण्ड नै फर्किंदै थिएँ । खेल सम्झेर खुसी भइरहेको थिएँ । आफू साच्चैको खेलाडी भएको जस्तो लागिरहेको थियो । प्लेनबाट झरेर स्कुटर पार्क गरेको ठाउँमा गएँ । जहाँबाट मलाई क्लबको होटलमा जानु थियो ।

स्कुटर पार्क गरेको ठाउँमा पुग्छु त चेनमा बेरिएको टायर मात्रै छ । म बेलारुससँग फुटबल खेलिरहँदा यता कसैले मेरो स्कुटर चोरिदिएछ ।

मैले स्कुटर चोरिएको कुरा आमालाई भन्दा उहाँ धेरै नै हाँस्नु भयो । मलाई भने त्यो स्कुटरको सम्झना आइरहेको थियो । असाध्यै चिन्ता लागेको थियो । त्यसले मलाई व्यवहारिक हुन भने सहयोग नै गर्‍यो ।

त्यसको केही वर्षमा सायद सन् २०११ को कुरा हो, डेनमार्कमा हुन लागेको यु-२१ युरोको छनोटका लागि म टिममा थिएँ । त्यो छनोटमा आइसल्याण्ड पहिलोपटक खेल्दै थियो । जब हामी २०१४ को विश्वकप छनोट खेल्दै थियौँ त्यही यु-२१ टिमका धेरै खेलाडी राष्ट्रिय टिममा थिए ।

आइसल्याण्ड भन्नेवित्तिकै फुटबलमा सबैले सहज रुपमा लिन्थे । ‘ए आइसल्याण्ड । त्यहाँ राम्रा खेलाडी छन् र’ भन्ने प्रतिक्रिया आउँथ्यो ।

उनीहरुले यसै भनेका त होइनन्, ३ लाख ३५ हजार मान्छे भएको आइसल्याण्डमा व्यवसायिक रुपमा फुटबलमा लागेको हामी धेरै थिएनौँ । यसैले हामी अलि फरक ढंगले बढीरहेका थियौँ । त्यसपछि आएका हाम्रा प्रशिक्षक लार्स लेजरब्याकले पनि त्यही अनुसार काम सुरु गरेका थिए ।

नयाँ प्रशिक्षक आएपछि धेरै नै कुरा भए । उनी असाध्यै मित्रवत व्यवहार गर्थे । आफूले के गरीरहेको छु भन्ने मजाले बुझाएर उनी काम गर्थे । सन् २०११ मा आएका उनले धेरै नै काम गरे ।

उनले सुरुमा त खेलमा डिफेन्सका बारेमा मात्रै धेरै नै बताए । त्यो बेला असाध्यै अल्छी लाग्दो हुन पुग्थ्यो । त्यसपछि उनले विस्तारै पोजिसन, कर्नर, थ्रोइन … सबैबारे विस्तारै सिकाउँदै गए । त्यो सबै कुरा सुन्दा अल्छी नै लाग्ने हुन्थ्यो ।

हामीले अभ्यासमा आफूहरु खेल्दा पनि अट्याक भर्सेस डिफेन्स बनाएर दुई शैलीमा खेल्न थाल्यौँ । त्यसले हामीले डिफेन्सका बारेमा त धेरै नै बुझ्यौँ । जस्तो टिमलाई रोक्न सकिन्छ भन्ने आत्मविश्वास आयो ।

सन् २०१४ को विश्वकप छनोटमा हामी प्लेअफसम्म पुगेका थियौँ । जहाँ क्रोयसियासँग भेट भयो । घरेलु मैदानमा हामीले क्रोयसियासँग गोलरहित बराबरी खेल्यौँ । त्यही बेला नै हामी विश्वकपमा पुग्छौँ भन्ने विश्वासमा थियौँ । तर दोस्रो लेगमा हामी २-० ले पराजित भयौँ ।

त्यसपछि हामी ध्यान युरोकपका लागि भयो । झनै धेरै मेहनत गर्न थाल्यौँ । हामीले हार्‍यौँ भनेर मात्रै होइन । हामीले नराम्रो खेल्यौँ भन्ने सोचेर थप मेहनत गरीरहेका थियौँ ।

सन् २०१६ को युरोकप छनोटमा त हामी राम्रो हुँदै गयौँ । प्रशिक्षक र खेलाडीको मेहनतसँगै समर्थकहरुको साथ पनि ठूलो थियो ।
त्यो बेला हामी हल्याण्डसँग खेलिरहेका थियौँ । १-० ले पछाडि परेका थियौँ । घरेलु मैदानमा सबै दर्शक शान्त भए । धेरैबेरको शान्तीपछि एक्कासी सुरु भयो,

बुम…. बुम….हु ।

म यसो दर्शकतिर हेरेँ । केको आवाज हो यो ? बिजुली चम्किएजस्तो आवाज थियो ।

बुम…. बुम….हु ।

त्यहीबेला हो आइसल्याण्ड समर्थकले पहिलो पटक अहिले चर्चित बनेको भिकिङ क्ल्याप गरेको । हामी १० हजार दर्शकको अघि खेलिरहेका थियौँ । तर जब उनीहरुले हात टाउको माथि लगेर बजाउँदै बुम…. बुम….हु गरे एक लाख दर्शक भएको जस्तै हुन्छ ।

युरोकपमा स्थान बनाउन छनोटको अन्तिम खेलमा हामीले कजाकस्थानसँगको अंक निकाल्नुपर्ने भयो । हामीले गोलरहित बराबरी खेल्यौँ र युरोकपमा स्थान बनायौँ । दर्शकहरु उत्साहले हुटिङ गर्न थाले हामी युरोकप खेल्ने सबैभन्दा सानो देश बन्ने भयौँ ।

त्यही बेला हामीलाई देशलाई गर्व हुने काम गरेको खुसी मिलिरहेको थियो । हामी सबै हषिर्त र उत्साहित थियौँ ।

युरोकपमा पुगेपछि पनि धेरैले सोचेको कुरा हो, आइसल्याण्डले लज्जास्पद हार नव्यहोरे हुन्थ्यो ।

युरोकप सुरु हुनु केही दिनअघि हाम्रो टिमका साथी इडर गुडजोनसेनले मलाई भनेका थिए, आरोन … म आफ्नै टिमविरुद्ध खेल्न चाहन्न ।

उनले के भनेका हुन् मैले बुझिनँ ।

उनले भने, ‘मलाई बल पास गर्दै अगाडि बढेर अट्याकिङ खेल्न मन छ । पास गर्दै गोलको अवसरहरु बनाउन मन छ । तर म त्यस्तो गर्न सक्दिन होला ।’

उनको कुरा सुनेपछि म शान्त भएँ । उनी असाध्यै राम्रा खेलाडी हुन् । आइसल्याण्डबाहेक अन्तैको फुटबल परिवारमा हुर्किएका भए उनी रोनाल्डिन्हो र मेस्सीसँग खेलिरहेका हुने थिए । उनले डिफेन्स लाइन कस्तो छ भन्ने कुरा राम्ररी बुझेका हुन्छन् ।

युरोकपमा पहिलो खेल हामीले पोर्चुगलसँग खेल्नु थियो । सबैले क्रिष्टियानो रोनाल्डोको बारेमा कुरा गरिरहेका थिए । रोनाल्डोले कति गोल हान्लान् ? दुई गोल ? हृयाट्रिक ? कति ?

जब खेल हामीले १-१ को बराबरी खेल्यौँ । पक्कै पनि पोर्चुगिजहरु खुसी थिएनन् । हामी भने खुसी मनाइरहेका थियौँ । त्यसपछि मैले सुनेँ, रोनाल्डोले सानो देश, कमजोर देश भन्ने सोचेर खेले ।

त्यसपछि युरोकपमा हामीले के गर्‍यौँ त्यो त सबैलाई थाहा नै छ ।

हामी अस्ट्रियालाई हराएर नकआउट चरणमा पुग्दा आइसल्याण्ड टीभीमा गरीएको कमेन्ट्री भाइरल नै भयो । कमेनटेटर खुसीले कराएका थिए, उनी रोएर उनको आवाज बन्द भएको थियो । आइसल्याण्डमा सबै जनाले नै त्यही अनुभव गरीरहेका थिए ।

हामीले राउण्ड अफ १६ मा इंग्ल्याण्डलाई हरायौँ । आइसल्याण्डमा हरेक व्यक्ति पि्रमियर लिग हेर्छन् । उनीहरुको फुर्सदको धेरै समय नै टीभीमा पि्रमियर लिग हेरेर बित्छ । यसैले हामीले आˆनै स्टारहरुलाई हराउँदा असाध्यै खुसी मिलेको थियो ।

इंग्ल्याण्डलाई हराएर हामीलाई खुसी मिले पनि उनीहरुको हारको पीडा देख्दा केही दुःख पनि लागेको थियो । उनीहरु एकदमै प्रेसरमा थिए । सामान्य गल्ती गरीरहेका थिए । इंग्ल्याण्डले नराम्रो खेलेको भन्दै धेरैले कुरा गरे । तर, फेरि एकपटक खेल हेर्नुस् हामीले कति राम्रो खेलेका थियौँ । उनीहरुले नराम्रो खेलेर होइन, हामीले राम्रो गरेर हराएका थियौँ ।

इंग्लयाण्डलाई हराएपछि म सिधै हाम्रो समर्थक भएको ठाउँमा गएँ । मैले इंग्ल्याण्डका खेलाडीहरुसँग हात मिलाउन पनि बिर्सेछु । त्यसका लागि अहिले पनि माफी माग्छु । त्यो बेला अपमान गर्न खोजेको होइन ।

हामी युरोपछि आइसल्याण्ड र्फकंदा पनि हरेक मानिसको अनुहारमा देखिएको खुसी निकै राम्रो थियो । त्यहाँ हामीले समर्थकसँगै खुसी साट्यौँ ।

युरोकप पछि हाम्रा प्रशिक्षक लार्सले नर्वेको टिम सम्हाल्न गए । हामीलाई हेमिर हलगि्रमसनले प्रशिक्षण दिन थाले । उनले भनेका थिए, हामी कहिल्यै विश्वकपमा पुगेका छैनौँ । यसपटक त्यो पनि गरौँ न त । मेहनत गरौँ ।

हामीलाई लागेको थियो । हामी विश्वकपसम्म पुग्न सक्दैनौँ होला । असाध्यै कठीन छ । आफूहरुलाई थप तनावमा किन पार्नु र । नसोचौँ होला । कसैले पनि त हामी विश्वकपमा छनोट हुन्छौँ भन्ने सोचकै थिएनन् ।

हामीले युरोकपमा जे गर्‍यौँ त्यसले विश्वकपको सपना देख्न थप सहयोग गर्‍यो । मेहनत गर्ने हौसला दियो । आखिर विश्वकपमा पनि आइछाड्यौँ ।

हामी केही खेलाडी अब खेल जीवनको अन्त्यतिर छौँ । कति जना ३० वर्षको हाराहारीमा पुगिसक्यौँ । हामीले युवा खेलाडीलाई अवसर दिनुपर्छ भन्ने बुझिसकेका छौँ । यसैले हामी जे कुराले सफल भइरहेका छौँ त्यही कुरा पछिल्लो पुस्तामा पनि जाओस् भन्ने चाहन्छौँ । यसैले त हामी रसियामा बार्सिलोनाले जस्तो खेल्न चाहन्छौँ ।

त्यही मात्र सोच्यौँ र कोही अरु जस्तो हुन खोज्यौँ भने हामी नराम्रो टिम हुन पुग्छौँ । फुटबलमा हाम्रो आˆनै तरिका छ नयाँ कुरा सिक्दै त्यसलाई नै अगाडि बढाइरहनु पर्छ । यसैले हामी टेक्निकल रुपमा राम्रो नहौँला, अरुको जस्तो फुटबल नहोला तर के हामीविरुद्ध कसैले सहज रुपमा खेल्ने सोच्ला ? अहँ त्यस्तो लाग्दैन ।

हामी एकजुट भएर खेल्छौँ । बलियो बनेर खेल्छौ । केही कुरासँग डराउँदैनौँ ।

अनि म नयाँ पुस्तालाई पनि त्यही कुरा सिकाउन चाहन्छु । एकजुट भएर, सबैले एउटै कुरा सोचेर खेल्ने हो भने फुटबलमा जे पनि सम्भव छ ।

(अहिले रसिया विश्वकपमा आइसल्याण्ड टिमको कप्तानी गरीरहेका आरोन गुनार्सन इंग्लिस क्लब कार्डिफ सिटीका खेलाडी हुन् । उनले आइसल्याण्ड फुटबल, युरोकप र विश्वकपमा रहेर लेखेको यो लेख प्लेयर्स ट्रिब्युनको खेलको भावानुवाद हो ।) अनलाइन खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah