काठमाडौं– २०१८ फिफा विश्वकपमा ब्राजिलले कोस्टारिकाबिरुद्ध रोमाञ्चक जित हात पारेको छ। शुक्रबार भएको समूह ‘ई’ को खेलमा ब्राजिलले कोस्टारिकालाई २–० गोलले पराजित गरेको हो।

ब्राजिलले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गर्‍यो। ९१ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। ९७ मिनेटमा नेइमारले दोस्रो गोल गरे।

जितसँगै ब्राजिलले अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ। ब्राजिलले २ खेलबाट ४ अंक जोड्यो। यता लगातार हारपछि कोस्टारिका भने समूह चरणबाट बाहिर हुने खतरा भएको छ। अब ब्राजिलले समूह चरणको अन्तिम खेलमा सर्वियासँग प्रतिस्पर्धा गर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय