विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा ‘दमक पर्यटन पार्क’ बन्ने भएको छ । झापाको दमक ३ स्थित शहिद पार्क भनिदै आएको स्थानमा ‘दमक पर्यटन पार्क’ बन्न लागेको पाईएको हो ।

दमक नगरपालिकाको तेश्रो नगरसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने क्रममा नगरपालिका प्रमुख रोमनाथ ओलीले यस बारेमा जानकारी दिएकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिलो चौमासिकमा डिपिआर तयार गरी कार्य प्रारम्भ गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिएको नगर प्रमुख ओलीले बताएकाछन् ।

उनले भने, पर्यटन पुर्वधारको निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न दमक ३ स्थीत शहिद पार्कलाइ ‘दमक पर्यटन पार्क’को रुपमा विकास गर्न आगामी आर्थिक बर्षबाट नै डिपिआर तयार पारेर कार्य प्रारम्भ गर्न बजेट बिनियोजन गरिएको छ ।

यसैगरी नगरपालिकाले पर्यटनको विकासका लागि नगरपालिकामा पर्यटन डेक्स समेत बनाउने नगरसभामा कार्यक्रम सार्वजनिक गरेको छ ।

पर्यटन डेक्स दमकको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताए ।