विष्णुप्रसाद पोखरेल दमक/झापाको दमकमा पनि घण्टाघर बनाउने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ । शनिवार तेश्रो नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा दमकमा घण्टाघर बनाउने सार्वजनिक गरिएको हो ।

दमकमा प्रस्ताव गरेर शिलन्यास समेत गरिएको रोज गार्डेन स्थलमा नै घण्टाघर बनाइने नगर उपप्रमुख गीता अधिकारीले बताइन् । यसका लागि आवश्यक बजेट समेत विनियोजन भएको उनको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमककोे रेडक्रस र दमक उद्योग बाणिज्य संघ नजिक रहेको खाली जमिनमा रोज गार्डेन बनाइने बताईएको थियो । यहाँ पञ्चायत रजत जयन्तीको स्तम्भ समेत रहेको छ ।

यहि अब घण्टाघर समेत बन्ने नगर प्रमुख रोमनाथ ओलीले बताए । लामो समयदेखि दमकमा घण्टाघरको आवश्यकताको विषयमा बहस भएपनि उपयुक्त स्थानको खोजी गरिदै आएको थियो ।