विष्णुप्रसाद पोखरेल दमक । शुक्रबार राती र शनिबार बिहान एवं राती झापा जिल्लामा लगातर परेको बर्षाका कारण दमक र आसपास क्षेत्रका ३ सयभन्दा बढि घरहरु डुबानमा परेकाछन् भने लाखौको धनमाल जलेर नष्ट भएको छ ।
ढल निकास नहुदा र पुराना खोला एवं पैनीहरुलाइ मासिएका कारण यो अवस्था आएको भन्दै दमक नगरपालिकाप्रति बाढीपडित र जनप्रतिनिधिहरुले नै आक्रोश पोखेकाछन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार सार्वजनिक महत्वका कार्यालय तथा बजार क्षेत्रका पसल, संघसंस्थाहरुदेखि लिएर सर्वसाधरण मानिसहरुका घरहरु डुबानमा परेकाले जनजिबन प्रभावित भएको छ । सरकारी जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालको इमरजेन्सि सेवा देखि प्रभावित भएको छ ।
अस्पतालका सम्पूर्ण भवनहरु डुबानमा परेको र औषधिहरु समेत भिजेकाले क्षति विवरण संकलन गर्ने काम भइरहेको अस्पतालका स्वास्थ्य अधिकृत नगेन्द्र भट्टराइले बताउनु भयो ।
उहाँका अनुसार अस्पातलको परिसरमा घुडाभन्दा माथिसम्म पानी भएकाले बिरामी तथा स्वास्थयकर्मीहरुलाइ नै आवातजावतमा समस्या भएको छ ।
https://www.youtube.com/watch?v=fcj_riNdiAQयसैगरी दमकको रेडक्रस उपशाखा कार्यालय, यहाँ सञ्चालनमा रहेको सर्पदंश उपचार सेवा, दमक उद्योग बाणिज्य संघको कार्यालय परिसर डुवानमा परेकाछन् । त्यहाँ आउने सडकमा समेत घुँडाभन्दा माथिसम्म पानी भएकाले समस्या भएको दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडाले बताउनु भयो । उहाँका अनुसार पानीको निकास नहुदा ठूलो समस्या भएको छ ।
दमकको बसापर्क पनि डुवानमा परेको छ । बसपार्कमा र पसलहरुमा पानी पस्दा ब्यापारीहरुको ठूलो क्षति भएको र क्षति विवरण संकलन भइनसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठका अनुसार बसापार्कमा जमेको पानी मेशिनले तानेर सुकाइएको छ ।
यसैगरी झापाको कमल गाँउपालिकामा पनि गेउरीया र कमल खोलामा आएको बाढीका कारण सयभन्दा बढि घर डुबानमा परेको कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
३० भन्दा बढि घरपरिवार उच्च जोखिममा रहेको पनि उहाँले जनाउनु भयो । शनिवार भएपनि गाँउपालिकामा आएर बाढीपीडितहरुको अवस्था बुझ्ने पानी पसेको क्षेत्रमा रोकथामका लागि उपाय अवलम्बन गर्ने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।
https://www.youtube.com/watch?v=fcj_riNdiAQ









