मृत्यु अवश्यभावी छ तर सहज छैन यो सत्यतालाई स्विकार्न । लोभ, मोह र सांसारिक प्रेमजालमा जेलिएपछि जीवनका हरेक पल स्वर्णिम लाग्छ । तर बाँच्नु मात्र जीवन हैन, तपाईले गरेका हरेक कुरा तपाईको जीवनको प्रमाण हो । भनिन्छ मृत्यु त यस्तो होस कि ठोस जीवन नरहे पनि आफ्ना कृति र कर्मले संसारका जनमनमा बसिरहन सकियोस ।
बरिष्ठ न्यूरोलोष्टि डा. उपेन्द्र देवकोटाको निधनले एउटा महान हस्ती गुमाएको छ । लाखौंको जीवन लम्बाएका देवकोटाले अस्पतालको शैयाबाट आफुलाई उठाउँन सकेनन् । अचम्मको रोगले उनलाई यसरी गाज्यो कि उनी चाहेर पनि उम्कन सकेनन् । डा. भएकै कारण आफ्नो मृत्युलाई नजिकबाट नियालेका देवकोटा मृत्युको केहि अघिसम्म पनि हसिलो थिए, लाग्छ उनको मृत्यु हैन मस्त निद्रामा छन् ।
आफ्नो रोग समस्या र जीवनको एउटा कालखण्ड देवकोटा आफैले लेखेका छन् । बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स र उनको अन्तिम भेटको यो मर्मस्पर्शी यात्रा सुन्नुहोस् ।
https://youtu.be/VlFyg0nx8TY








