सोसल नेटवर्किङ साइट फेसबुकले एउटा नयाँ फिचर ल्याउने भएको छ । योर टाइम अन फेसबुक नामक यस फिचरको सहयोगले अब प्रयोगकर्ताले आफुले फेसबुकमा व्यतित गरेको समय थाहा पाउनेछन् ।हप्तामा हरेक दिन कति समय फेसबुकमा बिताइयो तथा हरेक दिन फेसबुकमा खर्चिने औसत समय कति छ रु भन्ने जानकारी यस फिचरले दिनेछ । समाचार अनुसार यो नयाँ फिचरका माध्यमबाट प्रयोगकतालाई दिनहुँ फेसबुकमा बिताउने समयलाई सीमित गर्ने विकल्प पनि प्राप्त हुनेछ । साथै प्रयोगकर्तालाई आफ्नो फेसबुक नोटिफिकेसन्सलाई म्यानेज गर्नका लागि एउटा लिंक पनि प्राप्त हुनेछ ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘हामी सदैव फेसबुकमा प्रयोगकर्ताको अनुभवलाई झनै उत्कृष्ट बनाउने कोसिस गर्दछौँ ता कि मानिसहरु यस प्लेटर्फमममा राम्रोसँग समय बिताउन सकून् ।यसअघि एप्पल र गुगल जस्ता कम्पनीहरुले पनि यो फिचर ल्याइसकेका छन् । जसबाट मानिसहरुले कम्प्युटर तथा स्मार्टफोनमा बिताउने आफ्नो समयमा नियन्त्रण कायम गर्न सक्दछन् ।फेसबुकले ल्याउने यो स्व अनुगमन फिचर निकै महत्वपूर्ण हुन सक्दछ । किनकी आइओएस र एन्ड्रोइडले आफ्नो प्लेटर्फममा यसअघि नै यो फिचर लञ्च गरिरहेका छन् ।

प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा कुन एपमा कति समय बिताएको छ भन्ने थाहा पाउनुका साथै कुनैपनि एपमा बिताउने समय आफै निर्धारण गर्न सक्दछ ।फेसबुकका अनुसार यो फिचर परीक्षणमा रहेको फेसबुकले जनाएको छ । यद्यपि सबै प्रयोगकर्ताका लागि कहिले लञ्च हुने भन्ने बारेमा चाहिँ केही खुलाइएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड