दमक/आज विहानै झापाको दमक चोकमा सवारी दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार दुर्घटनामा परेर दूइजना घाइते भएकाछन् । एकजनाको अवस्था गम्भिर रहेको छ ।

मोटरसाइकल चालक चन्द्र पौड्याल गम्भिर घाइते भएकाछन् । कमल गाँउपालिका वडा नं. ६ को पौड्याललाइ उपचारका लागि न्यूरो बिराटनगर लगिएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काकडभिट्टा बाट धरान जादै गरेको मे १ ख ६८३७ को बसले मे ५ प ६५७ नो मोटर साइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल बसको अगाडि चक्कामा परेको थियो ।