काठमाडौँ, २१ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकाको खानेपानी चुहावट रोक्न सरोकारवाला निकायका प्रमुखलाई १७ बुँदे लिखित निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित बैठकमा उहाँले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई बाँकी बक्यौता तत्काल उठाउन र चुहावटलाई ४० प्रतिशतबाट २० प्रतिशतमा झार्न निर्देशन दिनुभएको खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले राससलाई जानकारी दिनुभयो । खानेपानी तथा सरसफाई मन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री दाहालले “खानेपानीको मुहान र ट्यांकीको संरक्षण गर्न, उच्च पदस्थ अधिकारीलाई सित्तैमा ट्यांकरको पानी वितरण नगर्न, पानी खोल्ने र बन्द गर्ने काममा खटिएका कर्मचारीले प्रभावमा परी कतै पानी दिने र कतै नदिने समस्याको समाधानका लागि अनुगमन टोली बनाएर निरीक्षण गर्न निर्देशन दिनुभएको सचिव उपाध्यायले भन्नुभयो ।” पानीको पाइप बिच्छ्याउन भत्काइएको बाटो तत्काल बनाउन, सबैतिर न्यायोचित ढङ्गले पानी वितरण गर्न र मन्त्रालय एवम् सरोकारवाला निकायलाई मुहानको निरीक्षण गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो । बैठकमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, मन्त्रालयका सचिव उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, लिमिटेडका अध्यक्ष सुरेश बस्नेत र महाप्रबन्धक महेशप्रसाद भट्टराई, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणा र काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको सहभागिता थियो । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले उपत्यकामा खानेपानीको चुहावट रोक्न र व्यवस्थापन गर्न कार्ययोजना ल्याउने तयारी गरेको सचिव उपाध्यायले जानकारी दिनुभयो ।
उपत्यकाको खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीको निर्देशन
सवाल नेपालसंवाददाताबिहीबार, २० पुस २०७३

उपत्यकाको खानेपानी चुहावट रोक्न प्रधानमन्त्रीको निर्देशन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



