विष्णुप्रसाद पोखरेल
दमक/झापाको एउटा गाँउपालिकाले आफ्नो नीति तथा कार्यक्रममा केवुलकारदेखि लिएर पुरै झापालाइ ३ बर्षमा माछामा आत्मनिर्भर बनाउनेसम्मका नीति तथा कार्यक्रम पारित गरेको छ ।हल्दिबारी गाँउपालिकाले नयाँ प्रकारको केवुलकारको योजना अघि सारेको हो ।
अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष डम्बरबहादुर गिरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । उपाध्यक्ष गिरीले योजनाहरु महत्वकाक्षी भएन र ? यो सम्भव छ भन्ने जिज्ञासामा उनले सम्भव भएर नै कार्यक्रम ल्याइएको बताए । गुरुयोजना बनाएर यी कार्यक्रमहरु अघि बढाइने उनको भनाइ रहेको थियो ।
नीति तथा कार्यक्रममा पर्यटन मार्फत समृद्धि प्राप्तिका लागि फेरि पनि घुम्न जाउँ , हल्दीबारी गाउू अभियानको थालनी गरिने, यसका लागि दातृ निकाय समेतको सहकार्य तथा साझेदारीमा यस क्षेत्र भित्रको जलथल जङ्गललाई प्राकृतिक चिडियाखानाको रुपमा स्थापित गर्ने र जङ्गल मथिबाट नै बन्यजन्तुहरुको अवलोकन गर्न सक्ने गरि केवलकारको संचालन गर्ने भन्ने निर्णय भएको छ ।
०७५।०३।१० गते बसेको दोस्रो गाउसभाको पहिलो बैठकले चालू आ.व.२०७४/७५ को संशोधित अनुमान तथा आगामी आ.व.२०७५/७६ को नीति तथा कार्यक्रम पारित गरेको थियो । नारानारा नै नाराले भरिएका बाह्दशी गाँउपालिकाका नीति तथा कार्यक्रम यस्ताछन् ।
"हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि" भन्ने Vision तय गरेको छ । उक्त vision प्राप्तिका लागि सबै क्षेत्रहरुलाई समेत होमिने वातावरण तयार गरि संक्षेपमा निम्न बमोजिमका नारा तथा कार्यक्रमहरु तय गरि सोही बमोजिम आगामी आ.व.२०७५/७६ को बजेट तयार गर्ने प्रतिबद्धता समेत गरिएको छ ।
"हल्दीबारीको दृष्टि, कृषि र पर्यटन मार्फत समृद्धि" भन्ने मुल नारा प्राप्तिका लागि अपनाईएका विभिन्न क्षेत्रसग सम्बन्धित कार्यक्रम तथा अभियानको संक्षेपीकरण :-
(क)"किसानको खुशी, पशुपालन र कृषि" भन्ने कार्यक्रम संचालन गरि प्रत्येक वडामा कृषि र पशु उत्पान पकेट क्षेत्र तोकिएको,
(ख) आगामी ३ वर्षभित्र झापा जिल्लालाई माछा उत्पादनमा आत्मनिर्भर गराउने गरि "हल्दीबारीको बाचा, झापाभरी माछा" भन्ने कार्यक्रम,
(ग) कृषि र महिला विकासबीच अन्तर सम्बन्ध स्थापित गर्न "हल्दिबारीका महिला, विकासमा पहिला" अभियानको तय गरि महिलाहरुको नेतृत्व विकास गर्ने थलोको रुपमा महिलाहरु मात्रको प्रतिनिधित्व हुने गरि २७ स्थानमा टोल विकास संस्था गठन गर्ने र सोही संस्था मार्फत "किसानको खुशी, पशुपालन र कृषि" कार्यक्रम संचालन गरिने,
(घ) बालबालिका र समृद्धिबिच अन्तरसम्बन्ध स्थापित गर्न "समृद्धिका पालक, हल्दीबारीका बालक" अभियानको थालनी गरिने र अबका दिनमा यो अभियानलाई सार्थकता दिन बालमैत्री शासन प्रवर्द्धन समेत गर्न सबै उपभोक्ता समिती, टोल विकास समिती र अन्य समितिमा कम्तीमा एक/एक जना बालबालिकाको प्रतिनिधित्व सुनिश्चित गरिने,
(ङ) पर्यटन मार्फत समृद्धि प्राप्तिका लागि " फेरि पनि घुम्न जाउँ , हल्दीबारी गाउँ" अभियानको थालनी गरिने, यसका लागि दातृ निकाय समेतको सहकार्य तथा साझेदारीमा यस क्षेत्र भित्रको जलथल जङ्गललाई प्राकृतिक चिडियाखानाको रुपमा स्थापित गर्ने र जङ्गल मथिबाट नै बन्यजन्तुहरुको अवलोकन गर्न सक्ने गरि केवलकारको संचालन गर्ने र जङ्गल र आवादिको सिमानामा विस्तार गरिएको पर्यटकीय सडक आसपास स्थानीय लोपोन्मुख मेचे जाती, सन्थाल जाती, राजबन्शी जाती लगायत अन्य जातजातिको भेषभुषा, रहनसहन र संस्कृती समेतको प्रवर्द्धन हुने गरि एकै नासका भुकम्प प्रतिरोधात्मक घर समेतको निर्माण गरि "सान्स्कृतिक तथा प्राकृतिक पर्यटन" लाई अघि बढाईने, जसका लागि "पूर्वको पर्यटकीय स्थल, हल्दीबारीको जलथल" नारा तय गरिएको छ,
(च) सरसफाई, स्वास्थ्य र ब्यायामका लागि "Keep Haldibari Clean, Through Gym" भन्ने अभियान, "गरौं योग, भगाऔं रोग" कार्यक्रम,
(छ) सार्वजनिक प्रशासनको क्षेत्रमा " जनता खुशी म खुशी", " गाउँबासीका गुनासा जनप्रतिनिधि र कर्मचारीसग" कार्यक्रम,
(ज) राजस्व प्रशासन क्षेत्र सुधारको लागि "मैले तिरेको कर, गाउपालिकाको भर" अभियान संचालन गरि सबैभन्दा बढी कर तिर्ने प्रत्येक वडाका उत्कृष्ट ५ जना करदातालाई सम्मान गर्ने प्रथाको थालनी,
(झ) न्यायिक क्षेत्र सुधारका लागि " गरौं मिलाप, नगरौं बिलाप" अभियान संचालन गरिने, आदि ।
यसका साथै साहित्य र कलाकारिताले पनि कृषि र पर्यटनलाई प्रवर्द्धन गरोस भन्नका लागि "साहित्यिक मन, कृषि र पर्यटन" अभियान सन्चालन गरिने










