पृथ्वी राजमार्गको दमौली–मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ४ जनाको ज्यान गएको छ ।

ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काका अनुसार आँबुखैरनीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ३०७३ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा१७च १८१४ नम्बरको कार र मोटरसाइकललाई ठक्कर दिँदा ४ जनाको ज्यान गएको हो । ‘मृत्यु हुनेमा कारमा पर्वतका २५ वर्षीय कमल लामिछाने र उनकी २ वर्षीया छोरी ममता लामिछाने सवार थिए,’ उनले भने । बसको ठक्करबाट मोटरसाइकलमा सवार आँबुखैरेनी गाउँपालिका–४ का नुनबहादुर खवास र दिलबहादुर मगरको समेत मृत्यु भएको छ ।

दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । घाइेतमध्ये २ जनाको स्थानीय अस्पताल र अन्यका पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीब्र गतिमा आएको बसले अनियन्त्रित भई कार र मोटरसाइकललाई ठक्कर दिएका थियो । बस राजमार्गमा नै पल्टिएको छ । क्रेन मगाएर बस राजमार्गबाट उठाइएको प्रहरी निरीक्षक रोक्काले बताए ।

दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी घाइतेको उद्दार गरिएको तनहुँका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए । ‘घटनाका विषयमा छानविन भइरहेको छ,’ मल्लले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah