दमक/झापाको दमककको मुख्य चोक पुर्व पश्चिम राजमार्गको दुइ छेउमा पैदल यात्रु हिड्ने सडक मर्मतसम्भार अन्र्तगत कालोपत्रे गर्ने क्रममा चरम लापरवाही भएको पाईएको छ ।

गिटीको धुलो अर्थात ड्रस्ट प्रयोग गर्नु पर्ने ठाँउमा निर्माण ब्यवसायीले खोलाको माटो सहितको बालुवा प्रयोग गरेर त्यो माथि कालोपत्रे लगाउन लागेको पाईएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडक कार्यालयको मुल गेटबाट राजमार्ग टेक्नसाथ देखिने यो कामले सडक कार्यालयका प्राविधिकहरुले समेत वेवास्था गरेको पाईएको हो । यद्यपि सञ्चारकर्मीहरु त्या पुग्दा सडकका प्राविधिकहरुले काम रोक्न र गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए ।

https://youtu.be/nCzhmnls1O8

यो अवस्था देखेपछि सडक डिभिजन कार्यालय दमकसंग यसको सम्झौताको बिषयमा मागिएको विवरण यस्तो छ ।

Contractor’s Name: Puskar Nirman Sewa, Charpane Jhapa.

Contract No.: DRODMK/371-165-3-071/72-062

Nature of Work: Recurrent Maintenance Work(पटके मर्मत कार्य)

Location: SRN Road(Mahendra Highway, Mechi Highway)

Contract Amount: 25,30,657.30

सम्झौता रकमको १०% हर्जाना (LD) लाग्नेछ

https://youtu.be/nCzhmnls1O8