एजेन्सी– विना लिंग जन्मिएका एक बेलायतीको सफल लिंग प्रत्यारोपण गरिएको छ। ४४ वर्षीय एन्ड्र्युु वार्डलको युनिभर्सिटी कलेज हस्पिटलमा गत शुक्रबार लिंग प्रत्यारोपण गरिएको हो। जसका लागि ५० हजार पाउण्ड खर्च भएको थियो।

चिकित्सकहरुले एन्ड्र्युको लिंग उत्तेजित हुन १० दिन लाग्ने र ६ सातापछि यौनसम्पर्क गर्न लायक हुने बताएका छन्। यो शल्यक्रियालाई फालोप्लास्टी भनिन्छ। चिकित्सकहरुले लिंगमा उत्तेजना ल्याउन पम्प जडान गरेका छन्। जसले एन्ड्र्युले अन्य पुरुषसरह महसुस गर्न सक्नेछन्।

एन्ड्र्युुको लिंग नभएपनि जन्मँदा एउटा अण्डकोश थियो। यस्तो अवस्था २ करोड मानिसमा एकजनालाई हुने बताइन्छ। पिसाब गर्नका लागि उनको थुप्रै शल्यक्रिया गर्नुपरेको थियो। यसमा लिंगभित्र एक खालको सिलिण्डर राखिएको हुन्छ, जसलाई उत्तेजित गर्न अण्डकोशमा भल्भ राखिन्छ।

चिकित्सकहरुले एन्ड्र्युको देब्रे पाखुराको मासुु, छाला तथा नसा र दाहिने गोडाबाट धमनी झिकेर लिंग निर्माण गरेका हुन्। यसको सुरुवात सन् २०१५ को नोभेम्बरमा सुुरु गरिएकोमा तीन वर्षपछि भर्खर सकिएको हो।

लिंगको सफल प्रत्यारोपणपछि उनी अब आफ्नी गर्लफ्रेन्ड फेड्रासँग होलिडे मनाउँन जाने योजना बनाएका छन्।

तर लिंग नहुँदा आफुले विगतमा थुप्रै पीडा सहनुपरेको उनले बताएका छन्। ‘यसबीचमा मैले दुुईपटक आफैंलाई समाप्त पार्ने प्रयास गरें, ड्रग्सको सहारा लिएँँ, अपराधको दुुनियामा पसें, साँच्चै मेरो विगत अन्धकार थियो,’ उनले विगत सम्झे।

उनी जन्मँदा पिसाबथैली राम्ररी बनिसकेको थिएन र बाहिरै थियो भने हिप पनि पुर्ण रुपले जोडिएको थिएन। उनी यतिसार्‍हो गम्भीर अवस्थामा थिए कि डाक्टरहरुले समेत उनी बाँच्ने आशा गरेका थिएनन्। पछि पिसाब थैलीलाई डाक्टरहरुले पेटभित्रै राख्ने व्यवस्था मिलाएका थिए । तर त्यो जुन सुकै बेला पनि संक्रमित हुने खतरा थियो।
-डेलीमेलबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah