२२ पुष । लागीगुराँस नगरपालीकाका कार्यकारी अधिकृत मणिराम खतिवडा माथी आक्रमणको भएको छ ।कार्यालय समयमा आफ्नै कार्य कक्षमा काम गरि रहेका नगरपालिका अधिकृत खतिवडालाई नेपाली काग्रेस नगरसभापति अर्जुन माबोहाङको नेतृत्वको समुहले मंगलबार आक्रमण गरेको हो ।

कांग्रेस नगर सभापती मावोहाङको नेतृत्वमा कार्यकर्ता सहित नगरपालीका कार्यालयमा पुगेको समुहले कार्यालयमा प्रवेश गरी कर्मचारी माथी आक्रमण गरेका थिए ।, आफ्नो कार्यालयमा आक्रमण भए पछि सुरक्षीत स्थानमा लुकेका कार्यकारी अधिकृतलाई समुहले गालीगलौज लगायतका अमर्यादित कार्य गर्दै ज्यान मार्ने धम्की समेत दिएका थिए ।

कार्यालयमै आक्रमण गरिएका कार्यकारी अधिकृत खतिवडा आफु असुरक्षित भएको भन्दै सुरक्षाका लागी सदरमुकाम आई पुगेका छन् । राजनैतिक दलहरुबाट कार्यालयमै आक्रमण हुन थाले पछि कर्मचारीहरु असुरक्षित भएको भन्दै बधबार देखि सम्पुर्ण कामकाज वन्द गरीएको कार्यकारी अधिकृत मणिराम खतीवडाले बताए ।

कर्मचारीहरु असुरक्षित भएको भन्दै नगरपालीको कामकाज ठप्प हुदा सेवाग्राहीहरु मर्कामा परेका छन् । कर्मचारीको सुरक्षा नहुन्जेल सम्म आफु कार्यालयमा बसेर काम गर्न नसक्ने नगरपालीकाका कार्यकारी अधिकृत खतिवडाले बताका छन् ।

यसै बिच यता नेपाली कांग्रेस नगर समिति सहित संघिय लिम्वुवान मञ्च नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले संयुत्त विज्ञप्ती जारी गर्दै मंगलबार भएको घटनालाई नगरपालिकाले गलत ढंगवाट व्याख्या गरी नगरवासीको सेवा प्रवाह अवरुद्ध वनाएको भन्दै आपत्ती जनाएका छन् ।

नगरपालिकावाट प्रवाह हुने सम्पुर्ण सेवा सुचारु हुनुपर्ने माग गर्दै तीन वटा दलले नगरपालिका समक्ष ११ वुदे माग राखेका छन् । आन्दोलनरत तिन दलले नगरपालिकाले पछिल्लो समय नियूक्त गरेका कर्मचारी हटाउनु पर्ने, नगरपालिका कार्यँलय आफ्नो भवनमा सार्नुपर्ने, एकिकृत सम्पती कर पुनरावलोकन गरीनु पर्ने, फोहोरको व्यवस्थापन हुनुपर्ने, गत आवको योजना तथा खर्च विवरण सार्वजनीक गर्नुपर्ने लगायतका ११ वुदे माग राखेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नगरपालीकाको कार्य सम्पादनमा असन्तुष्ठी जनाएका आन्दोलनरत दलका कार्यकर्ताले नगरपालिकामा पुगेर बुधबार अपरान्ह कोणसभा समेत गरेका थिए । कोणसभालाई सम्वोधन गर्दै कांग्रेस नगरसभापती अर्जुन मावोहाङले आफुहरु नगरपालिकामा छलफलका लागि मात्र आएको तर कर्मचारीले गलत आरोप लगाएको बताए । पा“च दिन भित्रमा आफुहरुले राखेका माग पुरा नभए थप आन्दोलनमा जाने चेतावनी विज्ञप्तीमा दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah