विष्णुप्रसाद पोखरेल दमक,/सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उ बेलामा रतुवा खोलाको पाता फर्काउने विषयमा गरेको कुरा अहिले आएर आफूले बल्ल बुझेको बताएकाछन् । अब रतुवा सहित झापाका खोलाहरुको पाता फर्कने र यसले यस क्षेत्रको सम्बृद्धिमा ठुलो टेवा पुग्ने विश्वास लिएको उनले जनाए ।

उनले झापाको कमल गाँउपालिकाले १५ औ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएकाहुन् । पहिला मान्छेले केहि बिगार गर्दा पाता फर्काउने भन्ने कुरा सुनेको भएपनि खोलाको पाता फर्काउने कुरा गर्दा अचम्म लागेको सुनाउदै अहिले त्यो कुरा बुझेको भनेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केहि दिन अघि यस क्षेत्रका साँसद समेत रहेका प्रधानमन्त्री ओली चीन भ्रमण गएको समयमा रतुवा खोला सहित दमकका ९ वटा खोलालाइ ब्यवस्थित बाँध बाधेर यसबाट लाभ लिने कुरामा सम्झौता भएको भन्दै पाता फर्काउने भन्ने कुरा अहिले आफुले पुष्टि पाएको मन्त्री बाँस्कोटाले बताएका थिए ।

https://youtu.be/b2d8cS3oeC4

कार्यक्रममा नेकपा नेता देबेन्द्र दाहाल, गाँउपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी लगायतले बालेका थिए । कार्यक्रमका प्रमुख अतिथि दाहालले कृषिबाट नै परिवर्तन सम्भव भएको बताए ।

कमल गाँउपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलका अनुसार धान दिवसको अवसरमा गाँउपालिका ३८ जना मिहिनेती र उत्कृष्ठ किसानहरुलाइ जनहि ५ हजार, सम्मान पत्र र खेत गोड्ने औजार प्रदान गरिएको छ ।

हेर्नुहोस भिडियो 

https://youtu.be/b2d8cS3oeC4