काठमाडौं, १५ असार – गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय धान दिवसका अवसरमा आज टोखा नगरपालिका झोरमा धान रोपाइँ गरेका छन् ।

युवासंघ नेपाल र वाइसिएल नेपाल एकता कार्यदलले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले धान रोपे । रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले आफू पनि कृषकको छोरा भएकाले यस्तो रोपाइँमा पहिले धेरै पटक सहभागी भएको स्मरण गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास अनिवार्य रहेको तथा कृषिमा मुलुक आत्मनिर्भर हुन आवश्यक रहेकामा उनले जोड दिए । उनले भने, ‘अहिले हामीलाई नपुगेर बाहिरबाट खाद्यान्न मगाएर खाने गरेका छौं । अब खाद्यान्नमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्ने गरी विकास गनुपर्छ ।’