दमक/शुक्रबार विहान करिब ११ बजेपछि दमकका राजनीतिक तथा सामाजिक ब्याक्तिहरुको गोजीको फोन एकाएक बज्न थाल्यो । त्यहाँ विषय थियो दमक बहुमुखि क्याम्पसका प्रमुख उत्तम भट्टराइले बिद्यार्थीबाट कुटाइ खाए ।
फेरी एकक्षणपछि अर्को कुरो आयो । स्वबियू सचिब रोशन भण्डारीलाइ क्याम्पस प्रमुख उत्तम भट्टराइले हातपात गरे । क्षणभरमा नै दुइवटा कुरा आउन थाले ।
क्याम्पस सवाल नेपाल पुग्दा इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरी घटना बारे भण्डारीसंग बुझ्दै थिए । उनि भट्टराइले आफूलाइ धकेलेको र आफूले पनि उक्त हात त्यसरी नै पन्छाएको भनेर ।
यता क्याम्पस प्रध्यापकहरुको कोठा पुग्दा त्यहाँ क्याम्पस प्रमुख भट्टराइलाइ भण्डारीले हातपात गरेको भन्दै जाहेरी लेख्ने काम भइरहेको थियो । भट्टराइले आफुलाइ एकान्तमा बोलाएर कुटेको बताए ।
अहिले दुबै पक्षले आफूलाइ कुटेको भनेर प्रहरीमा जाहेरी दिएको बुझिएको छ । सामाजिक सञ्जाल फेसबुकमा यो बिषयले चर्चा पाएको छ । आखिर वास्तविकता के हो ?










