काठमाडौं, २२ पुस । यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयोगात्मक (ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ।

आजको नागरिक दैनिकमा खबर छ– यसअघि अंग्रेजी अङ्कका आठ आकारको वृत्तबाट शुरु भई यु घुम्ती, उकालो र टी पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने कार्यालयले जनाएको छ ।

‘सेवाग्राहीको चापलाई ध्यानमा राखेर कार्यालयले यस्तो निर्णय गरेको हो,’ कार्यालय प्रमुख तेजनारायण यादवले भने, ‘शुरुमा अंग्रेजी अङ्क आठ आकारमा ट्रायल लिँदा यसले धेरै समय लिने भएकोले सेवाग्राहीले धेरैबेर कुर्नुपर्ने भयो। तर, शुरुमा टी पार्किङबाट ट्रायल शुरु गर्ने हो भने त्यसमा कम समय लाग्ने र पास भएर जानेले मात्र आठ आकारमा ट्रायल दिन पाउने भएकोले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न सहज हुन्छ।’

उनका अनुसार शुरूमै अंग्रेजी आठ आकारमा परीक्षा लिँदा एक सेवाग्राहीलार्इ कम्तीमा पनि १० मिनेटसम्म अर्को सेवाग्राहीले कुर्नु पर्ने हुन्थ्यो। तर, शुरूमा टी पार्किङको परीक्षा लिँदा एउटा सेवाग्राहीलार्इ ३ मिनेटभन्दा बढी समय लाग्दैन। र, टीमा पास हुनेले मात्र आठमा जान पाउने भएकोले चाप व्यवस्थापनमा सहयोग मिल्न सक्छ।

यादवका अनुसार विभागको निर्देशनअनुसार नै ढाँचा परिवर्तन गरिएको हो। गाडीको लाइसेन्सका लागि बुधबार लिखित परीक्षा दिने सेवाग्राहीको भीड बढेपछि विभागले सबैको ट्रायल लिन नसक्ने भएपछि सूचना टाँस गरी शुक्रबार ट्रायल लिन जानकारी गराएको छ। गाडीका लागि कार्यालयले सिंहदरबारको प्रमुख द्वारदेखि पश्चिमपट्टि रहेको बग्गीखाना ट्रायल स्पटमा ट्रायल परीक्षा लिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah