काठमाडौं, असार १६। रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल २०१८ अन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल शुरु भएका छन् । पहिलो खेलमा अहिले पूर्व विश्वविजेता अर्जेन्टिना र फ्रान्स भिडिरहेका छन् ।

खेलको ४१ औं मिनेटमा अर्जेन्टिनाका एन्जेल डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरी गरेका छन् ।
यसअघि नकआउट चरणमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध पहिलो गोल गरेको छ । खेलको १३ औं मिनेटमा अर्जेन्टिनाका खेलाडीले गरेको फोउलमा पाएको पेनाल्टीमा फ्रान्सका ग्रीजम्यानले गोल गरेका हुन ।



