बलिउडमा आफ्नो समयकी निकै चर्चित नायिका जुही चावला काठमाडौंमा छिन् ।

आफूलाई ट्वीटरमा पर्यावरणविद् भनेर चिनाएकी जुहीले काठमाडौंको धुँवा धुलोमाथि टिप्पणी गरेकी छिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार जुहीले आफ्नो आधिकारीक ट्वीटर अकाउन्टमा लेखेकी छिन्, ‘काठमाडौंमा आफ्नो कारको प्रतिक्षा गरिरहँदा यहाँको अत्यधिक धुलो, अत्यधिक ट्राफिक, हावामा डिजेल र पेट्रोलको गन्धका कारण हामीले आफ्नो अनुहार छोप्नु पर्यो । यहाँका स्थानीय दैनिक सर्जिकल मास्क लगाएर हिँड्ने गर्छन् ।’

https://twitter.com/iam_juhi

यता राजनीतितर्फ लागेका गायक संजय श्रेष्ठले जुहीको ट्वीटलाई स्क्रिनसट गर्दै काठमाडौंका मेयर र गृहमन्त्रीलाई थुप्रै प्रश्न सोधेका छन् । उनले मेयर विद्यासुन्दर शाक्यलाई सम्बोधन गर्दै निन्द्राबाट कहिले ब्यूझँने भन्दै सफा काठमाडौं खोई भनी प्रश्न गरेका छन् । उनले रानीपोखरी र धरहराको कुरा उठाएर पुनर्निर्माणको सुरुवात कहिले गर्ने भनेर सोधेका छन् ।

उनले भनेका छन्, विद्यासुन्दर शाक्यज्यू, दक्षिण एसिसामै फोहोर अनि प्रदुषणले भरेको शहरहरु भएको देश भारतकी यी बिलाइसकेकी नायिका जुही चावलाले समेत काठमाडौंको बारेमा यसरी यथार्थ बोल्दैछिन् । मेयरज्यू, तपाईंको निन्द्र कैले खुल्ने ? खै सफा काठमाडौं ? के तपाईंले रानीपोखरी अनि धरहराजस्तो सम्पदालाई टुँडिखेल नै बनाउन लाग्या हो त ? नत्र खै त पुनर्निर्माणको सुरुवात ? के तपाईंलाई तपाईं मातहतका कर्मचारीले टेर्दैनन् ? अनि किन उठ्दैनन् त काठमाडौंको फोहोर समयमै ?’

यस्तै, उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि विभिन्न प्रश्न सोधेका छन् ।

उनी थप्छन्, ‘खै त गृहमन्त्रीज्यु तपाईले भन्या जस्तै दोषी ठेकेदारहरु माथी कारवाही ? खै त पुष्पकमलको घरबेटीलाई कारवाही ? जसले गर्दा कलन्की देखि नागढुङा बिहान देखि धुलोको बादलमा छोपिन्छ र सडकमा खाल्डो र हिलो बाहेक केही छैन ....अनि खै त बौद्द देखि गोकर्ण सुनदरिजल सडकका ठेकेदारलाइ कारवाही ???? खै त प्रदुषणले भरेको सवारिलाइ कारवाही ? प्रश्न त अनेक छ , तर खै किन हुन्न समाधान ????’