दोलखा, २२ पुस । दोलखा फूलबारी बस्तीका ३३ वर्षीय मीनबहादुर तामाङले सरकारी अनुदानको ५० हजार रुपैयाँ लिएका छैनन् । गैरसरकारी संस्था एसओएस नेपालले घर बनाइदिने भएपछि उनले अनुदान लिएनन् । तर, एसओएस नेपालले उनको घर अझैसम्म बनाइदिएको छैन । ‘एसओएसले घर बनाइदिने भन्यो । त्यसो हुँदा सरकारले दिने ५० हजार पनि लिइनँ । तर, अझै घर बन्न सकेको छैन । बाख्रापालनका लागि भने ३० हजार रुपैयाँ सहयोग गरेको छ । घर नबनेकाले जस्ताको टहरोमै बस्नुपरेको छ,’ उनले भने । घर बनाउन आएको सहयोग श्रीमान्को उपचारमा फूलबारी बस्तीकै ६० वर्षीय साङडोल्मा तामाङले पनि सरकारले अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ पाइनन् । एसओएस नेपालबाट सहयोग लिने भएपछि उनले पैसा नलिएकी हुन् । घर बनाउन एसओएसले तामाङ परिवारलाई दुई लाख रुपैयाँ दिएको थियो । तर, त्यो रकम उनले श्रीमान्को उपचारमा सकिन् । अब उनीसँग घर बनाउने पैसा छैन । त्यसैले उनी जस्ताको टहरोमै आगो तापेर जाडो कटाउँदै छिन् । ‘एसओएसले घर बनाउन दुई लाख दिएको थियो । श्रीमान् मुटुको रोगी भएकाले त्यो रकमले उपचार गरेँ । अब घर बनाउने पैसा छैन,’ उनले भनिन् । चिसोमा भाँडा माझ्दै गरेको अवस्थामा भेटिइन् २७ वर्षीया निर्मला तामाङ । भूकम्पले घर भत्काएकाले उनको बास जस्ताकै छाप्रोमा छ । उनलाई न त सरकारले सहयोग गरेको छ, न त कुनै एनजिओ–आइएनजिओले नै । ‘सबैले सहयोग पाए, तर मैले पाउन सकिनँ । मेरो नाम किन अनुदान सूचीमा परेन थाहा पाइनँ । जस्ताको टहरामा कसरी जाडो कटाउने हो थाहा छैन,’ उनले पीडा पोखिन् । ५० हजारले घरको जग खार्नै पुग्दैन । बाहिर हल्का हिउँ फुसफुसाउँदै छ । ४५ वर्षीय मिस्री तामाङ जस्ताको टहरामा आगो फुक्दै छिन् । आगो दन्किन थाल्यो । दिउरेमा रक्सी तताइन् । गिलासमा हालिन् अनि स्वाट्टै पारिन् । ‘फेरि हिउँ पर्न थाल्यो । साह्रो जाडो भएकाले भगाउन रक्सी तताएर खाएको हो । यसो नगरी त दिन कटाउनै मुस्किल भयो,’ उनले भनिन् । दसैँअघि नै उनले अनुदानस्वरूपको ५० हजार रुपैयाँ लिइसकिन् । तर, अझैसम्म घरको जग खार्न सकेकी छैनन् । अनुदान रकमले घर बनाउन नपुग्ने भएपछि के गर्ने–नगर्ने अन्योलमा परेको उनले सुनाइन् । ‘५० हजार त लिइयो । त्यो पैसाले जग खार्न पुग्दैन । के गर्नु त्यति पैसा ? जाडो छ । घर बनाउन पाए त तातोमा बस्नुहुन्थ्यो । तर, घर बनाउने पैसा पनि आफूसँग छैन,’ उनले गुनासो पोखिन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
एनजिओको आसमा सरकारी राहत छाड्ने दुःखमा
सवाल नेपालसंवाददाताशुक्रबार, २१ पुस २०७३

एनजिओको आसमा सरकारी राहत छाड्ने दुःखमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



