दमक/क्याम्पस प्रमुखलाइ नियोजित रुपमा हातपात गरेको र त्यसपछि अर्नगल प्रचार गरेको आरोप लगाउदै दमक बहुमुखि क्याम्पसले क्याम्पसका बिद्यार्थी एवं स्ववियू सचिब रोशन भण्डारीलाइ क्याम्पसबाटबाट निष्कासन गरिएको बताईएको छ ।

दमक बहुमुखि क्याम्पसमा सुचना टाँस गरेर भण्डारीलाइ निष्कासन गरिएको जानकारी दिईएको हो । दूइ दिन अघि क्याम्पसमा क्याम्पस प्रमुखलाइ भण्डारीले हातपात गरेको आरोप लगाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

क्याम्पसले तत्कालै सोहि दिन इलाका प्रहरी कार्यालय दमकमा समेत जाहेरी दर्ता गरेको थियो । आइतवार प्राध्यापकहरुको बैठकले भण्डारीलाइ क्याम्पसमा फेरी कहिल्यै पनि प्रवेस नपाउने गरी निष्कासन गरेको सुचनामा उल्लेख गरिएको छ ।

भण्डारीका प्रतिक्रिया

भण्डारीलाइ आफूले पनि कार्वाही गरिएको भन्ने सुनेको बताउदै आफूमाथि अन्याय भएको बताएकाछन् । उनले आफू क्याम्पस प्रमुखको कुटाइबाट घाइते भएको र अहिले बिराटनगर स्थित नावेल अस्पतालमा उपचार गराइरहेको जनाएकाछन् ।

म्याद थप्ने तयारीमा प्रहरी

इलाका प्रहरी कार्यालय दमकले भण्डारीलाइ नियण्त्रणमा लिएको र अहिले प्रहरीको निगरानीमा नै अस्पतालमा रहेको जनाएको छ । भण्डारीलाइ सार्वजनिक अपराध मुद्धामा म्याद थप्ने तयारी रहेको प्रहरी श्रोतको भनाइ छ ।