दमक/झापाको दमक ३ मा प्रस्ताव गरेर शिलन्यास समेत भइसकेको भ्यू टावरको जग्गा सरकारलाइ हस्ताण्तरण भएको छ । अब दमकमा अत्याधुनिक नमुना भ्यू टावर बन्ने बाटो खुलेको छ ।
वडा नं. ३ का वडाध्यक्ष नबिन बरालका अनुसार नगरप्रमुख रोमनाथ ओली, उपप्रुमख गीता अधिकारी सहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गएर जग्गाको धनीपुर्जा हस्ताण्तरण गरेको हो ।
५ बिगाह जमिन चाहिने अवस्थामा ३ बिगाहमात्र भएपछि भ्यू टावरको काम अघि बढ्न नसक्ने बताइदै आएको थियो । स्थानीयले ५ बिगाह जमिन पुर्याएपछि अब काम अघि बढ्ने प्रतिबद्धता पाएको बरालले बताए ।











