काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १३ दिनको बसाइपछि सिंगापुरबाट स्वदेश फर्किएका छन्।

श्रीमती सीता दाहालको उपचार गर्न गत असार ४ मा प्रचण्ड सिंगापुर गएका थिए। श्रीमतीको उपचार सकेर उनी आज साँझ नेपाल फर्किएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छोरा प्रकाशको निधनपछि स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले प्रचण्डले श्रीमती सीतालाई उपचारका लागि सिंगापुर लिएर गएका हुन्।

प्रचण्ड र सीतालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उनका छोरीहरु र पार्टीका नेता कार्यकर्ता पुगेका थिए।