गौरादह । गौरादह नगरपालिका वडा नम्बर १ डिपु चोक नजिकै आज भएको सडक दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । मे ३ ख ७४८४ नम्बरको ट्रिपरको ठक्करले मे ४ प १४७४ नम्बरको मोटर साईकलमा सवार र्दुजनाको मृत्यु भएको प्रहरीले जनाएको छ

दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गौरादह १ का विबेक बराल र झापाको मेचीनगर स्थित बाहुनडाँगीका नेल्सन भण्डारी भएको अस्थाई ट्राफिक प्रहरी कार्यालय गौरादहले जनाएको छ । घटनामा एकजना घाईते भएकाछन् । प्रवेस भण्डारी घाइते भएको र उनको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड