काठमाडौँ, २२ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनसँगै तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु अपरिहार्य भएको बताउनुभएको छ । निर्यात दिवसका अवसरमा नेपाल निर्यात परिषद्ले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले संवाद र सहमतिका माध्यमबाट सबै समस्या समाधान गरेर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयतालाई बहसको विषय नबनाउन र चाँडो सहमति कायम गरी निर्वाचनमा लाग्न सबै राजनीतिक दललाई उहाँले आग्रह गर्नुभयो । “सबै नेपाली राष्ट्रवादी हुन्” भन्दै उहाँले अब राजनीतिक सङ्घर्ष नगरी आर्थिक विकासमा सम्पूर्ण नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यान्वयन र देशको आर्थिक विकास सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उहाँले लगानीको वातावरण बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सङ्घीयतालाई बहसको विषय नबनाउन उपराष्ट्रपतिको आग्रह
सवाल नेपालसंवाददाताशुक्रबार, २१ पुस २०७३

सङ्घीयतालाई बहसको विषय नबनाउन उपराष्ट्रपतिको आग्रह
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



