विष्णुप्रसाद पोखरेल दमक/झापा वडा नं. ३ का वडाध्यक्ष नबिन बरालको मोवाइलमा रातीदेखि नै मोवाइलको घण्टि एकपछि अर्को बज्न थाल्यो । कारण थियो मावा खोलाले आफ्नो बाटो बिराउदै बस्ति तथा खेतीयोग्य जमिन तिर ताक्दैछ ।
उनलाइ तत्काल हेर्न र रोकथाम गर्नका लागि स्थानीयले फोन गरेकाहुन् । उनि विहानै देखि खोला नियण्त्रण र खोलालाइ सहि बाटोमा लैजाने उपायमा लागे । स्थानीयहरुले साथ दिए ।
लगातर केहि दिन देखि भइरहेको अविरल बर्षाका कारण दमकका जनप्रतिनिधिहरु खोलामा र बाढीबाट पीडितहरुको गुनासो सुन्नमा नै ब्यस्त हुन थालेकाछन् । एकातिर रतुवा र अर्को तिर मावा खोलाले कटान तिब्र बनाएको छ ।
अब्यवस्थित रुपमा बनाईएका ढल, अबैज्ञानिक रुपमा बनाइएका सडकका कारण सुरक्षित मानिएको बजार क्षेत्र नै सिमसिम पानी पर्दा नै जलाम्मे हुने गरेको छ सार्वजनिक सरोकारका कार्यालयहरु नै डुबानमा पर्ने गरेकाछन् ।
दमकको दीपेनी खोला मासेर ढल बनाउने दमकका आफुलाइ प्रतिष्ठित बताउनेहरु नगरपालिका र इन्जिनियरहरुलाइ गाली गर्न आफै तम्सिएको पाएको नगरपालिकाका एक जनप्रतिनिधिले गुनासो गरे ।
केहि दिनको बर्षाले दमकमा जनजिबन नराम्रोसंग प्रभावित बनेको छ । यसले एकातिर सन्त्रास पैदा गरेको छ भने अर्कातिर बाढीको उच्च जोखिममा दमक पनि परेको छ ।
दुबैतिर खोला र भएका पैनी तथा खोल्साखोल्सिहरु मिलेमतोमा पुरेर अहिले ढल बनाएपछि यो अवस्था आएको भन्दै सर्बत्र आलोचना समेत हुदै आएको छ ।
१० वटा वडा रहेको दमक कुनै न कुनै रुपमा लगातरको बर्षादबाट प्रभावित र पीडित हुन थालेकाछन् । खोलासंग नजिक रहेका र जोडिएका वाडहरु त अति अप्ठेरोमा नै रहेको बताइन्छ ।









