काठमाठौं, २३ पुस । यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनामा केही दिनअघिसम्म आधारातदेखि नै सवारी चालक अनुमतिपत्रको फारम भर्ने सेवाग्राही लाइन बस्न बाध्य थिए । बिहान ५ बज्दानबज्दै लाइन सुरु भइसक्थ्यो । अहिले अवस्था फेरिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब अनलाइनबाट अावेदन गर्नेहरुले घरबाटै फारम भर्न सक्छन् । तर यो त्यति सजिलो भने छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मध्यरातिदेखि नै सेवाग्राहीले घरैबाट अनलाइन फारम दर्ता सुरु गर्छन् । बिहान उज्यालो हुँदा नहुँदै करिब ५ सय फारमको कोटा पूरा भइसक्छ । त्यसपछि पनि कुनै सेवाग्राहीले अनलाइन फारम दर्ता गर्ने प्रयास गरे कम्प्युटर स्क्रिनमा एउटा सन्देश देखा पर्छ: ‘आजका लागि अनलाइन दर्ता सीमा पूरा भएको छ, कृपया अनलाइन दर्ताका लागि भोलि भिजिट गर्नुहोला ।’

पुस ११ गतेबाट अनलाइन फारम दर्ता सेवा सुरु भएको भए पनि फारम भर्नैका लागि कार्यालयमा सबेरैदेखि लाम बस्नु पर्ने सेवाग्राहीको समस्या भने हटिसकेको छैन । रातिदेखि बिहानसम्म अनलाइन कोटा पूरा भई फारम भर्न नपाएका र अनलाइन फारममा पहुँच नभएकाहरुका लागि कार्यालयले लाइनमै बसेर फारम भर्ने हाते दर्ता प्रणाली सेवा पनि चालू नै राखेको छ ।   नागरिक दैनिकमा खबर छ ।