काठमाडौं, २२ पुस । भारु नोट अभाव हटाउन भारतबाट सय रुपैयाँ दरका १ अर्ब रुपैयाँ बराबर भारु ल्याइने भएको छ ।

नेपाल राष्ट्र बैंकले उक्त दरका भारु नोट माघको दोस्रो साताभित्र ल्याउने तयारी गरेको  छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतबाट सय रुपैयाँका नोट ल्याउन केन्द्रिय बैंकले एक टोली भारत पठाउने अन्तिम तयारी गरेको राष्ट्र बैंक, बैंकिङ कार्यालय थापाथलीका कार्यकारी निर्देशक जनक अधिकारीले बताए । नागरिक दैनिकमा खबर छ ।