बिष्णुप्रसाद पोखरेल दमक/झापाको दमक ३ दुधेमा मावा खोलाले एउटा सिंगो बस्ति नै संकटमा परेको छ । २ दिनदेखि लगातर परेको बर्षाका कारण खोलाले आफ्नो ठाँउ छाडेर दक्षिण तर्फ आएपछि नजिक रहेको बस्तितिर कटान शुरु गरेको वडा नं. ३ का वडाध्यक्ष नबिन बरालले जानकारी दिए ।

उनका अनुसार हिजो जेसिभि लगाएर खोलालाइ सहि धारमा बगाउन खोजिए पनि रातभरमा त्यो भत्काएपछि फेरी स्थानीयको जनश्रमदानमा स्परहरु लगाएर खोला नियण्त्रणको प्रयास जारी रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यहाँबाट खोला पस्दा यहाँका ४० घरपरिवारसंगै शरणार्थी शिबिर र दमक नै प्रभावित हुने समेत वडाध्यक्ष बरालले बताएकाछन् । उनले जसरी पनि खोला नियण्त्रणका लागि प्रयास जारी रहेको जनाए ।

हिजो कटान तिब्र बनाएपछि स्थानीयले खबरगर्न साथ आफु आइपुगेको र राती अबेरसम्म बसेर खोला नियण्त्रणको प्रयास गरेको बरालको भनाइ छ । उनि बिहानको राती देखि नै खोलामा थिए । सञ्चारकर्मीहरु त्यहाँ पुग्दा उनि काममा नै खटिएको अवस्थामा भेटिए ।

यसैगरी दमक ७ रतुवा खोलाको किनारमा रहेको सुकुम्बासीबस्ति पनि संकटमा रहेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए । उनका अनुसार अहिले कटान तिब्र भएकाले यहाँ रहेका ४० भन्दा बढि घरलाइ उच्च जोखिमको सुचिमा राखिएको उनले जनाए ।