काठमाडौं, २३ पुस । विमानस्थलबाट सुन तस्करी काण्डमा साना कर्मचारीलाई कारबाही गरेको देखाएर मुख्यलाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ। भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले अनुसन्धान भन्दै २९ जना कर्मचारीलाई निलम्बन गरेको छ। यस्तै विभागले एकजना उपमहानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ। हवाई तथा स्थल मार्ग भएर नेपाल भित्रने अवैध सुनमा भन्सार, सुरक्षा निकाय र तस्करको गोप्य सेटिङमा हुने गरेको तथ्य विहिबार पुष्टि भएको थियो। प्रहरीले विमानस्थल भन्सार जाँच पास भएर आएको एक यात्रुको लगेजबाट ३४ किलो सुन बरामद गरेपछि लामो समयदेखि चल्दै आएको सेटिङ छताछुल्ल भएको हो। उच्च स्रोतका अनुसार सुन तस्करीमा भन्सार विभाग, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय देखि अर्थ र गृहमन्त्रालयका उच्च अधिकारीको संलग्नता देखिएको छ। सुन ल्याउने ब्यक्तीलाई तस्कर समूहले ‘चेकजाँच भए बनिबनाउ सुन दिनु हामी छुटाउँछौं’ भन्ने आश्वासन दिएको र लगेजमा आएको सुन बिनाकुनै चेकजाँच पास हुनुले उच्च तहको तस्करीमा सक्रियता रहेको देखिएको छ। विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा कुलराज ज्ञवाली, टंक पाण्डे, मन्त्रालयको कानुन शाखाका प्रतिनिधी र पुण्यविक्रम खड्का सम्मिलित छानबनि समिति बनाएको हो। विभागका महानिर्देशक शिशिरकुमार ढुङगानाले घटनाका बिषयमा तत्काल अनुसन्धान समिति बनाएर छानबिन सुरु भएको जानकारी दिए। यस्तै विमानस्थल भन्सार प्रमुख नारायणप्रसाद सापकोटाले उपसचिवदेखि कार्यालय सहयोगीसम्म २९ जनालाई कामबाट हटाएर अनुसन्धान भै रहेको जानकारी दिए। अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अर्थ सचिव शान्ताराज सुवेदीको निर्देशनमा तत्काल घटना थामथुम बनाउन छानविन समिति बनाईएको हो। घटनाको बिस्तृत अनुसन्धान र दोषी उपर कारवाही भन्दा छानविन समिति घटनाको तत्काल प्रभाव घटाउन विगतमा जस्तै सक्रिय हुनेछ। ‘केही समयअघि मात्रै सरुवा भएर गएका भन्सार प्रमुख र लामो समयदेखि विभागमा रहेका महानिर्देशकलाई सुन तस्करीको नालिबेली थाह छ, अहिले पत्रपत्रिका मार्फत दवाब बढेपछि छानविन समिति बनेको हो,’ स्रोतले भन्यो। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले संयुक्त अरब इमिरेट्स (युएई) बाट आएका एक यात्रुको लगेजमा दुईसय ८२ थान सुनका बिस्कुट विहिबार बरामद गरेको थियो। ब्युरोको टोलीले एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएका नेपालगञ्जका गोपालबहादुर शाहीको लगेजमा उक्त सुन बरामद गरेको थियो। ब्युरोले सुन लिन जाने दुई जनालाई समेत पक्राउ गरेको छ। शाहीलाई विमानस्थल क्षेत्रभन्दा बाहिर पिङगलास्थानबाट नियन्त्रणमा लिईएको थियो। दुबईबाट अवैध रुपमा भित्रिएको सुन लिन गएका दिलबन्दु थापा र सन्तोष काफ्ले बा ४ च ९११४ नम्बरको टेरियस गाडी सहित पक्राउ परेका थिए। प्रहरीले शाहीले ल्याएको लगेजमा कालो टेपले बाँधेको अवस्थामा सुनका बिस्कुट करिब ३१ किलोग्राम र तीन किलोग्राममा बनिबनाउ गहना बरामद गरेको थियो। ब्युरोका अधिकारीका अनुसार १९ थान औंठी र १८ थान सुनका सिक्री बाहिरी भागमा र सवारीसाधनका पार्टसमा लुकाएर सुनका बिस्कुट ल्याईएको थियो। नागरिक दैनिकमा खबर छ ।
प्रहरी आफैं अनुसन्धान गर्दै घटना थामथुम पार्ने प्रयास सुरू
सवाल नेपालसंवाददाताशनिबार, २२ पुस २०७३

प्रहरी आफैं अनुसन्धान गर्दै घटना थामथुम पार्ने प्रयास सुरू
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



