दमक/झापाको दमकमा एक बिहानै डरलाग्दो सवारी दुर्घटना भएको छ । नारायणगढबाट आउदै गरेको बसले मोटरसाइकललाइ ठक्कर दिएको बताईएको छ । मोटरसाइकल बसको अगाडि चक्काको बीच भागमा क्षतिग्रस्त बनेको छ ।

ना ५ ख ९५०६ नम्बरको बसले को २८ प ४३६७ मोटरसाइकललाइ ठक्कर दिएको र मोटरसाइकल चालक उछिट्एिकाले बाँच्न सफल भएको बताइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका प्रहरी कार्यालय दमकका प्रमुख दीपक गिरीका अनुसार मोटरसाइकल चालकको अवस्था सामान्य रहेकाले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

अधिक गतिमा आएको बसले दमकको क्याम्पस मोडमा मोटरसाइकललाइ ठक्कर दिएको थियो । दमक वडा नंं९ बर्ष ३९ का उपेन्द्र फागो घाइते भएकाहुन् ।