२२ असार– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा.गोविन्द केसीको जीवन रक्षाका लागि संसदमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गर्न माग गर्दै प्रतिनिधि सभाको बैठक अबरुद्ध गरेको छ ।

प्रतिनिधि सभाको शुक्रवार बसेको बैठकको शुरुमै सभामुखसँग समय लिएका कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले आजको कार्यसूचीमा प्रस्ताव नराखिएको भन्दै बिरोध जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव आएको र सरकारको जवाफ आएपछि छलफल हुने बताए ।

ʻजरुरी सार्वजनिक महत्वको प्रस्ताव सभामुखको जानकारीमा आयो, जवाफ दिनको लागि सरकारलाई खवर पठाइसकिएको छ । माननीयजीहरुलाई सरकारको जवाफ पर्खिन आग्रह गर्दछुʼ महराले भने ।

कांग्रेसले भने आजै छलफल गर्नु पर्ने माग गर्दै सदनमा उभिएर विरोध जनाएको थियो ।

कांग्रेसको विरोधपछि सभामुख महराले प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।