काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आलोचना गर्दै ३ वर्षमा १ सय २२ जना नागरिकको ज्यान लिएको आरोप लगाएका छन्।

ट्विटरमा केपी शर्मा ओलीको ह्यान्डवालमा लेखिएको छ– ‘हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले तीन वर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो।’ मधेश आन्दोलन लगायतका घटनामा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीको भनाइलाई स्मरण गर्दै प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरू अहिले अधिनायकवाद बेचिरहनु भएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आफूहर आलोचना सुन्ने व्यक्ति भएको दावी गर्दै उनले देशमा वेथीति अन्त्य गर्ने प्रविद्धतासमेत व्यक्त गरेका छन्। माइतीघर मण्डलालगायतका क्षेत्रमा लगाएको निषेधाज्ञाको सर्वत्र विरोध भइरहको प्रति पनि ओलीले टिप्पणी गर्दै लेखेका छन्–‘संसारका सबै देशमा जहाँसुकै प्रदर्शन हुँदैनन्।’

तर उक्त रोक लगाउने निर्णयलाई भने सर्वोच्चले कानुनसम्मत नदेखिएको भन्दै सरकारलाई असार २९ गते छलफलमा बोलाएको छ। सर्वोच्चले सरकारको निर्णयलाई भने अन्तरकालिन आदेश जारी गर्दै रोक लगाएको छ।

नेपाल लाइभ बाट