दमक/झापाको सुरुगामा रहेको एक निर्माण सामाग्रि प्रशोधन तथा उत्पादन गर्ने उद्योगमा युवा संघ झापाले ताल्चा लगाई दिएको छ ।
यहाँबाट उत्पादन भएको निर्माण सामाग्रि कमसल रहेका कारण साता दिन बित्न नपाउदै सडकहरु भत्केको आरोप लगाउदै युवा संघ झापा अध्यक्ष शम्भु भण्डारीको नेतृत्वमा गएको युवाहरुको समुहले गुणस्तहियताको बिषय किनारा नलागेसम्म उद्योग सञ्चालन गर्न चेतावनी दिदै तालाबन्दि गरेको हो ।
भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गराउने नियतले निर्माणको कामहरु गुणस्तरहिन हुदै आएको पनि बताए । बिगत ६ महिनाअघि देखि सञ्चालनमा रहेको शिव निर्माण सेवाले कालोपत्रे गर्ने निर्माण सामाग्रि उत्पादन गर्दै आएको थियो । यो शुक्रबार बेलुका देखि नै बन्द भएको छ ।
युवा संघका प्रदेश सदस्य प्रकाश नेपाल, युवा संघका जिल्ला नेता सन्दिप चापागाइ, सुरज रिङगालुङ राइ, मोहन मिश्र लगायतले युवा संघ झापाले उपभोक्ताको आग्रहमा यो गर्नु परेको बताएका थिए ।
हेर्नुहोस् भिडियो









