दमक/झापामा आर्थिक बर्षको अन्त्यमा बजेट सिध्याउनका लागि सडकमा कालोपत्रे गर्ने काम भइरहेको छ । जुन कालोपत्रे हप्ता दिन बित्न नपाउदै भत्कने गरेकाछन् । तर न ठेकेदारलाइ कार्वाही भएको छ नत यसको अनुगमन गर्ने सरकारी इन्जिनियरहरुलाइ नै कार्वाही भएको छ ।

पुर्व पश्चिम राजमार्गमा नै यस्तो अवस्था रहेको छ । यो माथिको तस्विर झापाको लक्ष्मिपुरको पुर्व पश्चिम राजमार्गको किनारको हो । केहि दिन अघि दमकमा पनि यस्तै पीच हुन लागेको थियो । सवाल नेपालले उक्त कामको भिडियो र समचार गरेपछि अहिले त्यो काम राकिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.youtube.com/watch?v=nCzhmnls1O8

शुक्रबार मात्र गुणस्तरहिन सामाग्रि उत्पादन गरेको आरोपमा युवा संघ झापाले एक उद्योगमा समेत तालाबन्दि गरेको छ । सुरुगाको शिव निर्माण सेवामा युवा संघले ताला लगाइ दिएको हो ।

अधिकाँश नयाँ भइरहेका काममा गुणस्तहिन काम भएको आरोप र प्रमाणहरु सार्वजनिक भएपनि सम्बन्धित निकाय भने बेखबर जस्तै देखिएको छ । तर उपभोक्ताहरु पनि जोखिममा रहेकाछन् । सडक बिग्रदा जोखिम उपभोक्तालाइ हुने गरेको छ ।

https://www.youtube.com/watch?v=kM2ilSd9mWg