दमक/झापाको गौरादह नगरपालिकाले बजेट नीति तथा कार्यक्रम आइतवार प्रस्तुत गरेको छ । आन्तरिक बिबादलाइ हल गर्दै निर्धारीत समयभन्दा ३ घण्टा ढिला गरेर नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
नगर प्रमुख रोहितकुमार शाहले ७९ करोड ६० लाख ९० हजार बराबरको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले गौरादहलाइ पर्यटकीय नगर र सम्बृद्ध नगर बनाउने योजना अघि सारेकाछन् ।
कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले यस क्षेत्रको बिकासमा आफ्नो पनि सधै साथ रहने बताए । उनि यस क्षेत्रका प्रदेश साँसद समेत हुन् ।
बजेटको बिषयलाइ लिएर बिहानसम्म नगर प्रमुख शाह आफै तनाबमा रहेको र कार्यक्रम नै स्थगित गर्ने सम्मका प्रयास भएपनि अन्तिममा सहमति भएर कार्यक्रम भएको नगरपालिकाले श्रोतले बताएको छ ।
कार्यक्रमको सञ्चालन गौरादह नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले सञ्चालन गरेका थिए । उनका अनुसार सोमबार नगरसभाले नीस्सित तथा कार्यक्रममा छलफल गर्नेछ ।









