सरकारले मजदुरको न्युनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ निर्धारण गरेकाे छ। न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५० रुपैयाँ बनाउने गरी सिफारिस गरेपछि सरकरले त्यसै बमाेजिम पारिश्रमिक निर्धारण गरेकाे हाे।
उद्योगी व्यवसायीको संगठन र मजदूर संगठनबीच सोमबार भएको बैंठकले उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुरको न्युनतम पारिश्रमिक निर्धारण गरेको हो। यससँगै अबका दिनमा श्रमिकको न्युनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानाकारी गाएको छ।
यस अघि श्रमिकले मासिक न्युनतम पारिश्रमिक ९ हजार ७ सय रुपैयाँ पाउँदै आएका थिए। विभिन्न मजदुर संगठन तथा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत विभिन्न संघसंगठनको संयुक्त छलफलबाट न्युनतम पारिश्रमिक निर्धारण गरेका श्रम मन्त्रालयले जानाकारी गाराएको छ।
सहमति अनुसार बढेको ३ हजार ७ सय रुपैयाँमध्ये २ हजार २ सय ५० रुपैयाँ मौजुदा तलबमा बृद्धि हुनेछ भने १ हजार ५ सय रुपैयाँ भत्ता हुनेछ। उक्त पारिश्रमिक साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ।










