वि.सं २०७५ साल असार २७ गते, बुधबार। इश्वी सन् २०१८ जुलाई ११ तारिख, नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि- त्रयोदशी, १३ः३६ बजेउप्रान्त चतुर्दशी।

मेष- आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिए पनि अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ।

बृष- खानपानको सोखले रमाइलो जमघटको आनन्द समेत प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ।

मिथुन- व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ। पछिको फाइदाका लागि केही त्याग पनि गर्नुपर्ला। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ।

कर्कट- आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनाले आय बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। मध्याह्नदेखि आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ।

सिंह- पुरुषार्थी काम प्रारम्भ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नदेखि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ।

कन्या- अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला।

तुला- काम बिग्रने भयले सताउनेछ भने उपलब्धि प्राप्त गर्न शुभचिन्तकहरूको सहयोग लिनु उचित हुनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।

बृश्चिक- मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउनेछ। रमाइलो क्षणमा पनि मन ढुक्क नहुन सक्छ। विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। दिउँसोदेखि व्यावहारिक समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ।

धनु- भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ काममा प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। मध्याह्नदेखि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ।

मकर- व्याहारिक समस्याका बीच योजना अघि बढाउने बाटो खुल्नेछ। कामको चाप बढे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। विभिन्न अवसर प्राप्त भए पनि हल्लाको पछि लाग्दा दुःख पाइनेछ।

कुम्भ- हतारको निर्णयले अप्ठ्यारो पर्नेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। मध्याह्नदेखि अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्।

मीन- छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोतसाधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। -नेपाली पात्रो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah