भारतीय राज्यसभा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन्।

राज्यसभाका सभापति एम वेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन्। संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारे।

राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङकणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जनाए। नायडूले मंगलबार औपचारिक रुपमा यी भाषामा अनुवादकलाई राज्यसभाको अनुवादक टोलीमा समेल पनि गरे ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।