काठमाडौं । खानेपानी मन्त्रालयले सगरमाथाको पानी पिउन योग्य भएको भन्दै व्यवसायिक रुपमा बिक्रि बितरणको लागि प्रारम्भिक अध्ययन शुरु गरेको छ । सगरमाथाको मुहानको पानी व्यवसायिक रुपमा बिक्रि बितरणको लागि छलफल भैरहेको मन्त्री विना मगरले जानकारी दिईन् । व्यवसायिक रुपमा पानी उत्पादन गरि बिक्रि वितरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा सम्बन्धित संघ संस्था तथा बिज्ञहरुसँग छलफल भैरहेको पनि उनले जानकारी दिईन् ।

सगरमाथाको मुहानबाटै आएको पानी भण्डारण गर्न भौगोलिक रुपमा केही जटिलता देखिएकोले त्यसको विकल्पका बिषयमा पनि छलफल भैरहेको मन्त्री मगरको भनाई छ । सरकार र नीजि क्षेत्रको सहकार्यमा वा सरकार आफैले उत्पादन तथा बिक्रि वितरण गर्ने भन्ने बारेमा मन्त्रालयले छलफल अगाडि बढाएको छ । केही समयमा नै मन्त्रालयले यस बिषयको अध्ययनको लागि त्यसतर्फ विज्ञहरुको टोली पठाउने तयारी समेत गरेको मन्त्रालय स्रोतले बतायो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालमा मात्र नभई सगरमाथाको पानी विश्वमा नै लोकप्रिय हुने भएकाले बिदेशीले पनि चासो राख्दै आएका छन् । लगानीका सम्बन्धमा बिदेशीले चासो राखे पनि राष्ट्रको गौरवको बिषय भएकोले स्वदेशि लगानीमा नै काम अगाडि बढाउने मन्त्री मगरको सोच छ । यस बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेका छन् । छलफल बाट