काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले स्वीजरल्यान्डको बैंकमा लगेर राखिएको नेपाली पैसाबारे छानबिन गर्नुपर्ने बताएका छन् ।

सन् २००८ देखि २०१७ को बीचमा स्वीस बैंकमा ३३ अर्ब रुपैयाँ जम्मा भएको भन्दै त्यसको छानबिन गर्न उनले माग गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘पहिले हामी सानोमा सुन्थ्यौं, नेपालका राजारानीले नेपालको सबै सम्पत्ति स्विजरल्यान्डको बैंकमा लगेर राखेका छन्, त्यो बाँढेमा सबै नेपालीलाई ४ तोला सुन पुग्छ,’ बिहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा लिङ्देनले भने, ‘नेपालमा नयाँ राजा रानीको जन्म भएछ, ती राजारानी चिन्न पाए हुन्थ्यो ।’

नेपालमा राजसंस्था समाप्त भएपछि सन् २००८ देखि २०१७ सम्ममा ३३ अर्ब भन्दा बढी नेपाली सम्पत्ति स्वीस बैंकमा लगिएको र त्यसको छानबिन हुनुपर्ने उनको माग छ ।

लिङ्देनले संसदका साना दललाई उपेक्षा गरेर संसदीय सुनुवाइ समिति गठन गरिएकोमा आपत्ति जनाए ।