राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना २० वटा विभिन्न विभागको जिम्मेवारी बाँडफाँड गरेको छ । अध्यक्ष कमल थापाले विभिन्न विभाग र समितिका पदाधिकारीहरुको मनोनयन गरेका छन् ।

जसअनुसार सूचना तथा प्रविधि विभाग कमल थापा, राजनीतिक विभाग बुद्धिमान तामाङ, अनुशासन समिति राजीव पराजुली, स्थानीय निकाय परिचालन विभाग टंक ढकाल, पर्यटन विभाग दिलविकास राजभण्डारी प्रमुख रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी, राजेन्द्र लिङ्देन संगठन विभाग, जयन्त चन्द अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, भास्कर भद्रा सम्पर्क समाज समन्वय विभाग, उद्धब पौडेल आर्थिक विभाग, सुशिल श्रेष्ठ संयोजित संगठन समन्वय विभाग, भुवन पाठक प्रशिक्षण विभाग प्रमुख रहेको राप्रपाले जनाएको छ ।

त्यसैगरी, कुन्ती शाही न्यायिक समिति, मोहन श्रेष्ठ प्रचार विभाग, डा. विष्णु भण्डारी अनुसन्धान तथा योजना विभाग, उद्धव थापा खेलकुद विभाग, पुष्कर ढुंगेल एदोग प्रवर्दन विभाग, लक्ष्मी प्रसाद संग्रौँला वाणिज्य क्षेत्र समन्वय विभाग, मिना भेटवाल अपांग हित सम्वर्द्धन विभाग, विजयक खड्का प्रवास विभाग र बेटी ब्रजाचार्य कला, साहित्य तथा साँस्कृति विभाग प्रमुख रहेका छन् ।

यसैबीच, नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनस्र्थापित गर्ने उद्धेश्य प्राप्तिका लागि सशक्त जनमत र जनदवाव सिर्जना गर्ने अभिप्रायले राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी साउन २ गते काठमाडौंबाट शुभारम्भ गर्ने ‘हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान’ कार्यक्रमको तयारीबारे आज पार्टी केन्द्रीय कार्यालयमा बैठक सम्पन्न भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु, उपत्यकाका क्षेत्रीय अध्यक्षहरु, स्थानीय तहका अध्यक्षहरु तथा भातृ संगठनका पदाधिकारीहरु सम्मिलित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले पार्टीको हालै विरगञ्जमा सम्पन्न केन्द्रीय परिषद बैठकले गरेका निर्णयलाई कार्यान्वयन गराउन साउन २ गते काठमाडौंमा शुभारम्भ हुने ‘हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान’ लाई भव्यताका साथ सफल पार्न सबैलाई आजै देखि क्रियाशिल हुन निर्देशन दिए ।

एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा पार्टीका एजेण्डा समाप्त भएको ठान्न नहुने भन्दै अध्यक्ष थापाले उत्साहका साथ संगठन निर्माणमा लागेर आगामी निर्वाचनमा पार्टीका एजेण्डालाई जनताबाट अनुमोदन गर्नतर्फ सक्रिय रहन उनले अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे ।

बैठकमा काठमाडौंका जिल्ला अध्यक्ष नवराज सिंखडा, ललितपुरका का.वा. अध्यक्ष अष्ट महर्जन, भक्तपुरका जिल्ला सचिब मुकुन्द कार्की, राप्र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, राप्रमसंका महासचिब सरश्वती केसी अधिकारी, उत्पिडित उत्थान संगठनका केन्द्रीय सदस्य सरला वि.क. लगायतले साउन २ गते काठमाडौंमा शुभारम्भ हुने ‘हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण अभियान’मा आ–आफ्नो क्षेत्रबाट अधिकतम सहभागिता जुटाउने बताए । प्रदेश नं. ३ का अध्यक्ष बिक्रम बहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका आगामी कार्यक्रमहरुको बारेमा सचिबालय प्रमुख भाष्कर भद्राले प्रष्ट्याएका थिए ।