काठमाडौँः नेपाली कांग्रेसका नेता धनराज गुरुङले डा. गोविन्द केसीले उठाएका माग पुरा गर्ने बाचा गर्दै विगतदेखि अहिलेसम्मका सरकारले बेइमानी गरेको बताएका छन् ।

एपी वान टेलिभिजनको कार्यक्रम एपी सेन्टरमा बिहीबार सहभागी हुँदै नेता गुरुङले अहिले माग पुरा गर्न नसक्ने भए केसीसँग सम्झौता गर्नु नै अनुचित भएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘गोविन्द केसीसँग विगतमा सरकारले के रक्सी र भाङ खाएर सम्झौता गरेको हो ?’, उनले प्रश्न गरे, ‘यदि त्यसो होइन भने किन माग पुरा हुँदैन । यति दबाब पनि थेग्न नसक्ने हो भने किन नेता बन्नु ? माग पुरा गर्न नसक्ने हो भने किन सम्झौता गर्नु ?’

यदि केसीसँग गरेको सम्झौता नराम्रो भएको भए नेताहरुले गर्दिन भन्न सक्नुपर्ने गुरुङले जिकिर गरे । ‘पुराना नेता काम लागेनन् नै नयाँ नेताहरु पनि टालटुले प्रवृत्तिमा लागे’, धनराजले भने, ‘अहिलेको जटिलताको केन्द्र भनेको स्वार्थ हो । मताधिकार पाएपछि जनताप्रति बफादार पनि हुनुपर्छ ।’

भिडियो