इनरुवा, २३ पुस । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीताराम मेहताले सहकारीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

आज सुनसरी सदरमुकाम इनरुवामा रहेको कोसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक सधारणसभाको अवसरमा राज्यमन्त्री मेहताले सो कुरा बताउनुभएको हो ।

उहाँले सहकारी संस्थाले देश विकास तथा देशको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र सहकारीलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्ने बताउँदै उहाँले वित्तीय संस्था तथा विभिन्न विकास बैंक सहरमा मात्र केन्द्रित भएकाले सहरमा मात्र नभई ग्रामीण क्षेत्रसम्म त्यसको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मेहताले सहकारीको माध्यमबाट विभिन्न विकास निर्माणको काम भएको उदाहरण प्रस्तुत गर्दै नयाँ नेपाल निर्माण गर्नका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

मुलुकको राष्ट्रिय विकासमा सहकारीका माध्यमद्वारा आर्थिक क्षेत्रमा एउटा खम्बाका रुपमा सहकारीलाई नेपाल सरकारले लिएको उल्लेख गर्नुभयो । राज्यमन्त्री मेहताले सहकारीले शिक्षा, कृषि, स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले मुलुकको गरिबी उन्मूलनमा समेत सहकारीको महत्वपूर्ण भूमिका हुने भएकाले त्यस क्षेत्रमा समेत काम गर्न आग्रह गर्नुभयो ।

संस्थाले आर्थिक वर्ष २०७२÷०७३ को आयव्ययसमेत प्रस्तुत गरेको थियो । त्यसैगरी संस्थाले उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्तालाई सम्मान गरेको थियो ।

त्यस्तै, संस्थाले यस वर्षको एसएलसी परीक्षामा उत्कृष्ट अङ्क ल्याउने एक सेयर सदस्यका छोराछोरीलाई समेत पुरस्कृत गरेको संस्थाले जनाएको छ । त्यस्तै, मृत्यु भएका सेयर सदस्यको किरिया खर्च रु १० हजार परिवारलाई प्रदान गरिएको छ । साधारणसभामा केदार भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा रमेश तिमिल्सना, सचिवमा कृष्ण दाहाल, कोषाध्यक्षमा राजेन्द्रकुमार भट्टराई, सदस्यमा रामप्रसाद घिमिरे लगायतको चयन भएको छ । त्यसैगरी, संस्थाको लेखा समितिको संयोजकमा योगेन्द्र गिरि र ऋण समितिको सदस्यमा उद्धव काफ्ले चयन भएको संस्थाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah