राजविराज– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ।

मुख्यमन्त्री राउतकी ७० वर्षीया आमा राधिका देवीको शुक्रबार निधन भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समान्य ज्वरो आएपछि तीन दिनअघि उनलाई भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारका सदस्यले जानकारी दिएका छन्।

उनको शवलाई अन्तिम संस्कारका लागि आजै गाउँ ल्याउने जनाइएको छ। राउतको पैत्रिक गाउँ पर्साको जगन्नाथपुर हो।

शनिबार बिहान ९ बजे मुस्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले जनाएका छन्।

राधिका देवीका २ छोरा र दुई छोरी छन्। लालबाबु राउत उनका जेठा छोरा हुन् भने कान्छा छोरा रामबाबु राउत कृषक हुन्।